धेरै तातो पानी पिउनु पनि हुनसक्छ हारिकारक, निम्त्याउन सक्छ यस्ता समस्या !

हामीलाई तातो पानीका फाइदाहरूको बारेमा थाहा छ। हामी मध्ये धेरै बिहान तातो पानी पिउने गर्छौं। जसरी तातो पानी पिउँदा धेरै फाइदाहरू हुन्छन्, त्यसरी नै यसले स्वास्थ्यलाई हानी गर्न पनि सक्छ। तातो पानी पिउनाले तौल घटाउनका लागि मद्दत गर्नुका साथै प्रतिरोधात्मक क्षमता बढाउनको लागि पनि लाभदायक हुन्छ। तर धेरै तातो पानी पिउँदा पनि तपाईंको स्वास्थ्यलाई हानी गर्न सक्छ। त्यसोभए, जान्नुहोस् तातो पानीको फाइदा र नोक्सानको बारेमा…

मिर्गौलामा असर गर्न सक्छ 

मिर्गौलाले शरीरबाट विषाक्त पदार्थ निकाल्ने काम गर्दछ। तर धेरै तातो पानी पिउँदा मिर्गौलालाई असर गर्दछ, किनभने मिर्गौलामा दबाब पर्छ। धेरै तातो पानी पिउँदा तपाईंको मस्तिष्कको नसहरूमा पनि नकारात्मक असर पर्न सक्छ।

टाउको दुख्ने समस्या हुनसक्छ 

अत्याधिक मात्रामा तातो पानीको सेवनले रगत र कोषहरूमा नकारात्मक प्रभाव पार्न सक्छ। पानीको धेरै अधिक खपतले रगतमा इलेक्ट्रोलाइट्सलाई पातलो पार्न सक्छ। यसले दिमाग कोषहरू सुन्निन सक्छ। जसले टाउको दुख्ने समस्या निम्त्याउन सक्छ।

फाइदा

चमकदार छाला 

तातो पानी तपाईंको छालाको लागि धेरै फाइदाजनक छ। तातो पानी पिउँदा छाला स्वस्थ र चमकदार रहन्छ। यो सुक्खा छालाका लागि धेरै लाभदायक छ। यसले छाला स्वस्थ राख्न मद्दत गर्दछ र सुन्दर चमक दिन्छ।

वजन कम गर्न 

यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने नियमित रूपमा खाली पेट तातो पानी पिउनुहोस्। किनभने यसो गर्दा शरीरमा विषाक्त पदार्थ बाहिर आउँदछन्। त्यस्तै, तातो पानी पिउँदा शरीरमा भण्डारित बोसो कम हुन्छ, साथै रगत शुद्धिकरण पनि हुन्छ।

प्रकाशित : बिहिबार, असोज १५, २०७७१४:४५

गर्भावस्थामा भुलेर पनि नखानुस यी ३ चिज, आमा र बच्चाको लागि हुनसक्छ हानिकारक!