आज हिमानी शाहको जन्मदिन, छोरी पूर्णिका यसरी दिइन् शुभकामना !

काठमाडौँ – आज पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहको जन्मदिन परेको छ । पछिल्लो समय सामाजिक कार्यमा धेरै नै सक्रिय रहेकी शाह आजबाट ४५ औं वर्षमा प्रवेश गरेकी हुन्।

उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरीको रुपमा १ अक्टोवर १९७६ मा जन्मिएकी थिइन्।

उनको २५ जनवरी २००० मा पारससँग विवाह भएको थियो । शाह दम्पतिका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् ।

‘हिमानी ट्रस्ट’ को माध्यमबाट उनी विभिन्न सामाजिक कार्य गर्दै आएकी छन्। समय पारस र हिमानीको सम्बन्ध खासै राम्रो हुन सकिरहेको छैन।

छोरी पूर्णिकाले दिइन् शुभकामना

हिमानीकी जेठी पुत्री पूर्णिका शाहले सामाजिक संजाल मार्फत आफ्नी आमालाई शुभकामना दिएकी छन्। उनले हिमानीको छोरीको रुपमा जन्मिन पाउनु आफ्नो सौभाग्य रहेको भन्दा भन्दै हिमानीलाई सर्वोत्कृष्ट आमाको संज्ञा दिएकी छन्।

“बुबाले जहिले पनि तपाईलाई श्रीमतीको रुपमा पाउनु आफ्नो भाग्य रहेको बताउनुहुन्छ। मलाई पनि त्यस्तै महसुस हुन्छ। म आफूलाई संसारको सबैभन्दा भाग्यशाली व्यक्ति मान्दछु की म सबैभन्दा सर्वोत्कृष्ट आमाको खोखबाट जन्मिए। जन्मदिनको शुभकामना !”,आफ्नी आमालाई जन्मदिनको शुभकामना दिँदै सामाजिक संजालमा लेखेकी छन्।

Dad’s always saying how lucky he was to have found you and make you his wife. I feel the same way. I consider myself the…Posted by Purnika Shah on Wednesday, September 30, 2020

प्रकाशित : बिहिबार, असोज १५, २०७७०४:४७

नेपाली पाइलटले नै बुझ्छन् विदेशी पाइलटले भन्दा धेरै तलब ! कति बुझ्छन् ? हेर्नुहोस् !