दुई दिन लगातार बढेपछि घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – बिहिबार सुनको मूल्यका सामान्य गिरावट आएको छ। मंगलबार र बुधबार लगातार दुई दिन बढेको सुनको मूल्यका आज सामान्य गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेको  छ। जससँगै छापवाला सुनको मूल्य ९४ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सयले घटेको छ। आज तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ।

असोज लागेपछि सुनको मूल्य केहि ओरालो लागेको थियो। असोज ८ गते सुनको मूल्य २ महिना यताकै कम विन्दुमा पुगेको थियो। त्यस दिन सुन ९३ हजार १ सयमा कारोबार भएको थियो।

यस हप्ताको दुई दिन सुनको मूल्य स्थित रहेकोमा सुनको मूल्य मंगलबार र बुधबार बढेको थियो। सुनको मूल्य मंगलबार तोलामा ९ सयले बढेको थियो भने बुधबार ५ सयले बढेको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १५ रुपैंयाले घटेर १ हजार १ सय ७५ कायम भएको छ।

प्रकाशित : बिहिबार, असोज १५, २०७७०५:२७

आज शुक्रबार पनि घट्यो सुनचाँदीको मुल्य, यस्तो छ भाउ!