उपत्यकाक तीन जिल्लामा मात्र ९४३ संक्रमित भेटिए, अन्य जिल्लामा कति ? हेर्नुहोस् [विवरण सहित]

पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा  आजसम्म ७९ हजार ७ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ सय ६१ जना कोरोनाबाट मुक्त भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।

यस दिन १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा ९ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बिहिबार थप ९  सय ४३ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ८ सय १७ जना, ललितपुर जिल्लामा ६८ जना र भक्तपुर जिल्लामा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –

प्रकाशित : बिहिबार, असोज १५, २०७७१०:४९

सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट मनसुन बाहिरियो ! अन्य प्रदेशबाट कहिले बाहिरिन्छ ?