च्याम्पियन्स लिग ड्र: बार्सिलोना र बार्यन बीच फेरी भिडन्त हुने सम्भावना !

बुधवार छनोट खेलहरूको अन्तिम चरण पछि च्याम्पियन्स लिग समूह चरणको लागि सबै टोलीको टुङ्गो लागेको छ। जससँगै, २०२०-२१ सिजनको समूह चरणको लागि ड्र आज राति नेपाली समय अनुसार ९:४५ मा हुँदैछ।

कसरी हुन्छ त ड्र

छनोट भएका ३२ वटै टोलीहरुलाई ४ पटमा विभाजन गरिनेछ। पट १ मा गत सिजनको विजेता, युरोपा लिगको विजेता र छ उच्च-स्थानमा रहेका राष्ट्रहरूका चैम्पियनहरू समावेश हुनेछन्। त्यस्तै, पट २, ३ र ४ भने यूइएफए क्लब गुणांक श्रेणीकरण द्वारा निर्धारित गरिन्छ।

कुन पटमा कुन-कुन क्लब छन् त

पट १: बार्यन म्युनिख, सेभिल्ला, रियल म्याड्रिड, लिभरपुल, यूभेंटस, पिएसजी, जेनिथ सेन्ट पिटर्सबर्ग र पोर्टो

पट २: बार्सिलोना, एथ्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, बोरुसिया डर्टमण्ड, साक्टर डोनेस्क र आज्याक्स

पट ३: डाइनामो किभ, साल्सबर्ग, आरबी लाइपजिग, इन्टर मिलान, ओलम्पियाकोस, लाजिओ, क्रासनोडर र इटालान्टा

पट ४: लोकोमोटिभ मस्को, मार्सेल, क्लब ब्रुज, बोरुसिया मोन्चेनग्लादब, इस्तानबुल बासाकेहिर, मिट्जील्याण्ड, रेन्ने र फेरेन्कभारोस

Pot 1 Pot 2 Pot 3 Pot 4
Bayern Munich Barcelona Dynamo Kiev Lokomotiv Moscow
Sevilla Atletico Madrid Red Bull Salzburg Marseille
Real Madrid Manchester City RB Leipzig Club Brugge
Liverpool Manchester United Inter Borussia Monchengladbach
Juventus Shakhtar Donetsk Olympiacos Istanbul Basaksehir
Paris Saint-Germain Borussia Dortmund Lazio FC Midtjylland
Zenit Chelsea  Krasnodar Rennes
Porto Ajax Atalanta Ferencvaros

बार्यन म्युनिख र बार्सिलोना एउटै समूहमा पर्न सक्ने  

गत सिजन अन्तिम ८ मा एक अर्कासँग भिडेका बार्यन म्युनिख र बार्सिलोना यो सिजन एउटै समूहमा पर्ने सम्भावना रहेको छ। बार्यन म्युनिख पट १ मा रहनेछ भने बार्सिलोना पट २ मा हुनेछ।

यस्तै, यूइएफए को नियम अनुसार एकै देशका दुई क्लब एउटा समूह ड्र हुँदैनन्, जस्तै: बार्सिलोना र रियल म्याड्रिड वा एथलेटिको म्याड्रिड जुन पटमा भएपनि एउटै समूहमा ड्र हुँदैनन्। तर बार्यन म्युनिख र बार्सिलोनाको लागि यो नियम पनि लागू हुँदैन। त्यसले, यी दुई टोली एकै समूहमा पर्ने सम्भावना रहेको छ।

गत सिजन बार्यान म्युनिखले बार्सिलोनालाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो।

समूह चरणका खेल तालिका 

म्याचडे एक: २०/२१ अक्टोबर

म्याचडे दुई: २७/२८ अक्टुबर

म्याचडे तीन: ३/4 नोभेम्बर

म्याचडे चार: २४/२५ नोभेम्बर

म्याचडे पाँच: १/२ डिसेम्बर

म्याचडे छ: ८/९  डिसेम्बर

प्रकाशित : बिहिबार, असोज १५, २०७७१२:४१

गोन्जालेज माथि नेयमारले लगाएको आरोप गलत ठहरियो, पुष्टि हुन सकेन !