काठमाडौँ – पप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ लिएका छन् । बिहिबार कोइरालाले सपथ लिएका हुन्।
बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिए। सपथ लिएसँगै उनी अब बैंकको सञ्चालक समितिको अध्यक्ष बन्ने सम्भावना बढेर गएको छ।
थाहा हुनआए अनुसार उनलाई अब बस्ने सञ्चालक समिति बैठकले अध्यक्ष चयन गर्नेछ ।