भाग्यवृद्धिको लागि १२ वटै राशिले आफ्नो राशि अनुसार गर्नुहोस यस्ता कार्य!

भनिन्छ नि हरेक मानिसले आफ्नो भाग्य अनुसार फल प्राप्त गर्छ । यो पनि भनिन्छ कि समय भन्दा अगाडि र भाग्य भन्दा बढी कसैले पनि प्राप्त गर्दैन । यद्यपि कर्म सिद्धान्त भन्छ कि हामीले आफ्नो कर्मले सबै चीज प्राप्त गर्न सक्छौं। त्यस्तै, ज्योतिष शास्त्र अनुसार कार्य सिद्धिको लागि ग्रहलाई उच्च स्थितिमा ल्याउने प्रयास गरिन्छ। आफ्नो राशि अनुसार विभिन्न उपायहरू मार्फत ग्रहहरूलाई सुदृढ गर्दै भाग्योदयको लागि कार्य गरिन्छ। तपाईको राशि अनुसार भाग्यवृद्धिको लागि के कस्ता उपाय गर्नुपर्छ त ? जान्नुहोस्:

मेष राशि 

तपाईले मंगलवार सखर दान गर्नु पर्नेछ । यसो गर्दा तपाईले आर्थिक समृद्धि पाउनुहुनेछ।

वृष राशि 

शुक्रबारको दिन मिश्री दान गर्नुहोस्। यसो गर्नाले जीवनमा खुशी र समृद्धि प्राप्त हुनेछ।

मिथुन राशि 

यस राशिका व्यक्तिहरूले बुधवार मुंगको दाल दान गर्नु पर्नेछ । यसो गर्दा वैवाहिक जीवनमा रहेका समस्याहरू समाप्त हुनेछ।

कर्कट राशि 

कर्कट राशी हुनेले सोमबारको दिन चामल दान गर्नुहोस्। यसो गर्नाले मानसिक शान्ति प्राप्त हुनेछ।

सिंह राशि 

सिंह राशिका मानिसले बुधबारको दिन गहुँ दान गर्नु पर्नेछ । यो गर्नाले तपाईको इज्जत बढ्नेछ।

कन्या राशि 

बुधवार जनावरहरूलाई हरियो चारा खुवाउनुहोस्। तपाईको जीवनमा सबै समस्याहरू टाढा  हुनेछन्।

तुला राशि 

शुक्रबारको दिन कन्याहरुलाई खीर खुवाउनुहोस्। यो गरेर तपाईले सुख शान्ति प्राप्त गर्नुहुनेछ।

वृश्चिक राशि 

मंगलबार बाँदरलाई चना र सखर खुवाउनु पर्छ। यसो गर्दा तपाईका शत्रुहरू नष्ट हुनेछन्।

धनु राशि 

बिहीबार कुनै मन्दिरमा चना दान गर्नुहोस्। तपाईले जीवनका सबै सुख सुविधाहरू प्राप्त गर्नुहुनेछ।

मकर राशि 

शनिबारको दिन ओड्नी दान गर्नुहोस्। यसो गर्दा तपाईले  कार्यक्षेत्रमा आएका सबै प्रकारका समस्याहरूबाट छुटकारा पाउनुहुनेछ।

कुम्भ राशि 

यस राशिका मानिसले शनिबार कालो दाल दान गर्नु पर्छ।  तपाईको व्यवसायमा आउने सबै प्रकारका समस्याहरू टाढा  हुनेछन्।

मीन राशि 

बिहीबारको दिन बेसार र बेसनको मिठाई दान गर्नुहोस्। यसो गर्नाले तपाईको जीवनमा धनको कमी हुने छैन।

प्रकाशित : शुक्रबार, असोज १६, २०७७०८:१०

माता लक्ष्मीलाई खुसी पार्न यी उपाय गर्नुहोस्, धन तथा सुख-समृद्धि प्राप्त हुनेछ !