राति सुत्नु अघि नगर्नुस यस्ता गल्ति, स्वास्थ्यमा हुनसक्छ गम्भीर असर!

स्वस्थ रहनको लागि हामी स्वस्थ आहार लिन्छौं, व्यायाम गर्छौं, तर यो मात्र स्वास्थ्यको लागि पर्याप्त छैन। हाम्रा केही बानी हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ। सुत्नु अघि केहि यस्ता बनी हुन्छन् जसको कारण स्वास्थ्यमा नकारात्मक असर पर्दछ।

त्यसैले, सुत्नु अघि केही चीजहरूमा ध्यान दिनुपर्छ, अन्यथा यी बानीहरूले स्वास्थ्यलाई हानि पुर्‍याउँछ। राति सुत्नु अघि गरिने कस्ता बानीले स्वास्थ्यलाई नकारात्मक असर गर्दछ भनेर थाहा पाउनुहोस्..

दाँत सफा नगरी नसुत्नुहोस्

कतिपय मानिस बिहान त दाँत सफा गर्छन्, तर सुत्नु अघि दाँत सफा गर्न आवश्यक ठान्दैनन्। तर बेलुका खाना खाएपछि ब्रश गर्नु निकै आवश्यक हुन्छ। यदि तपाईं राती सुत्न अघि ब्रश गर्नुभएन भने खानाको कणहरू दाँतमा अड्किन्छन्, जसले गर्दा दाँत र गिजा सम्बन्धि समस्याले सताउन सक्छ।

राति अबेला खानु हुँदैन 

कतिपय मानिसहरूलाई राती सुत्नु अघि केहि खाने बानी हुन्छ, तर राति बिस्कुट वा स्न्याक्स आदि खानु हुँदैन। मेक्सिको विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धानका अनुसार अबेर राति यस्ता चिज खाँदा मुटुसँग सम्बन्धित रोग र मधुमेहको जोखिम बढ्छ।

हात, खुट्टा नधोई सुत्नु हुँदैन 

राति सुत्नु अघि सधैं हात, खुट्टा र मुख धुनु पर्छ। राति यसै हात, खुट्टा नधोई सुत्दा हाम्रो हात र खुट्टामा लागेका ब्याक्टेरिया ओछ्यानमा जान्छन्। यसले हाम्रो स्वास्थ्यलाई हानि गर्दछ। त्यस्तै, रातमा मुख नधोई सुत्दा अनुहारमा श्रृंगार र धुलो रहन्छ, जसले छालालाई नोक्सान पुर्‍याउँछ।

प्रकाशित : शुक्रबार, असोज १६, २०७७१०:३५

दिनुहु खानुहोस कागती-पानी , मिल्नेछ यस्ता अचुक फाइदा !