काठमाडौँ, असोज १६ । आज शुक्रबार सुनको मुल्यमा सामान्य सामान्य गिरावट आएको छ। बिहिबार घटेको सुनको मुल्यमा आज पनि सामान्य गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । जससँगै छापवाला सुनको मूल्य ९४ हजार ३ सय रुपैयामा कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सयले घटेको छ । आज तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छ ।
असोज लागेपछि सुनको मूल्य केहि ओरालो लागेको थियो। असोज ८ गते सुनको मूल्य २ महिना यताकै कम विन्दुमा पुगेको थियो। त्यस दिन सुन ९३ हजार १ सयमा कारोबार भएको थियो।
यस हप्ताको दुई दिन सुनको मूल्य स्थित रहेकोमा सुनको मूल्य मंगलबार र बुधबार बढेको थियो। सुनको मूल्य मंगलबार तोलामा ९ सयले बढेको थियो भने बुधबार ५ सयले बढेको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य आज १५ रुपैंयाले घटेर १ हजार १ सय ७५ कायम भएको छ ।