अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ट्रम्पले एक ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा लेखका छन्,”आज मेरो र मेलानियाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ। हामी दुबैमा कोरोना संक्रमण पुष्टि भएको छ। हामी हाम्रो क्वारेन्टिन सुरु गरिहाल्ने छौं। हामी सँगै यसलाई जित्नेछौं।”
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई पनि कोरोनाभाइरस देखिएको थियो। होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएसँगै ट्रम्प क्वारेन्टिनमा बसेका थिए। आउँदो नोभेम्बर ३ मा हुने चुनाबको प्रचार प्रसारमा व्यस्त उनलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुने देखिएको छ।