हामी मानिसले सोचे भन्दा बलियो र उत्कृष्ट छौं…

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले बिहीबार ला लिगामा सेल्टा भिगोलाई ३-० ले पराजित गरेसँगै आफ्नो टोली मानिसले सोचे भन्दा उत्कृष्ट रहेको दाबी गरेका छन्।

सेल्टा भिगोसँगको खेलमा ११ मिनेटमा अन्सु फातीले ११ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ४३ मिनेटमा डिफेन्डर क्लेमेन्ट लेंग्लेटले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। १० खेलाडीका साथ खेलेको बार्सिलोनाले दोस्रो हाफमा पनि उत्कृष्ट खेल्दै थप २ गोल गर्दै ३ अंक सुनिक्षित गरेको हो।

“हामीले उत्कृष्ट खेल देखायौं, मलाई धेरै गर्व छ। १० खेलाडीका साथ पनि हामीले अनुशासनका साथ खेल्यौं र राम्रो अवसरहरू सिर्जना गर्न सफल रह्यौं। म धेरै खुसी छु”, कोमनले पोस्ट म्याचमा भने। “हामी मानिसले सोचेको भन्दा बलियो र उत्कृष्ट छौं”, कोमनले भने।

“गत वर्ष के भयो भनेर मैले टिप्पणी गर्न मिल्दैन। पहिलो दिनदेखि मैले खेलाडीहरूमा जितको भोक देखेको छु। उनीहरु निकै जोस र जाँगरका साथ साथ प्रशिक्षण गरेका छन्, प्रशिक्षण गरे अनुसार नै खेले। आज उनीहरूले अन्तिम सेकेण्डसम्म देखाए कि हामी शारीरिक रूपमा धेरै फिट छौं।” कोमनले बताए।

 

गत सीजनमा कुनै पनि ट्रफी जित्न असफल भएपछि र च्याम्पियन्स लिगमा बार्यन म्यूनिखसँग ८-२ ले पराजित गरेपछि बार्सिलोनाको प्रतिष्ठा अब कोइमानको हातमा छ। उनको टोली समर्थकको आशा प्रति खरो उत्रन सक्छ भन्ने समय रहेको छ।

बार्सिलोनामा कोमनको आगमन अहिलेसम्म भने सुखद र बलियो रहेको छ। उनको प्रशिक्षणमा बार्सिलोनाले लिगका सुरुवाती दुई खेल जितेको छ साथै प्री-सिजनका तीनै खेलमा विजयी भएको थियो।

प्रकाशित : शुक्रबार, असोज १६, २०७७१४:११

बहराइनका राजकुमारद्वारा लोबुचे हिमालको सफल आरोहण !