रिडी-रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध!

गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो । यसबाट जिल्लाको रिडीबाट सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका हुँदै वाग्लुङसम्म जाने सवारी तथा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

पटकपटक सडक खुलाउने प्रयास गर्दा पनि माथिबाट प-हिरो झर्ने क्रम नरोकिएपछि अझैसम्म पनि चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय,का सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर गौँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना, पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले आफूले उक्त सडकको अनुगमन गरिसकेकाले प-हिरो नरोकिएसम्म सडक खुलाउन नसकिने जानकारी दिनुभयो ।

सडक खुलाउनका लागि दुई यन्त्र तयारी अवस्थामा राखिएका छन् । प-हिरो झर्ने क्रम रोकिएसँगै सडक खुल्ने उहाँको भनाइ छ । उक्त सडकको विकल्पमा तम्घास–इन्द्रेगौँडा सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सडक खुलाउन पहल भइरहेको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित : शुक्रबार, असोज १६, २०७७०८:५७

नेता वामदेव गौतमको मुद्दा: ‘हेर्दाहर्दै’ मा बुधबार