कोरोनालाई लिएर सर्वत्र हेलचेक्रयाइँ, काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्दै !

sf7df8f}F, @$ c;f/M :jf:Yo k/LIf0fsf nflu nfda4 ;j{;fwf/0f sf7df8f}F pkTosfdf sf]/f]gf efO/;sf] ;ªqmd0f a9];Fu} a'waf/ 6]s'l:yt z'qm/fh 6«lksn tyf ;?jf /f]u c:ktfndf :jf:Yo k/LIf0f ug{ nfda4 eP/ a;]sf ;j{;fwf/0f . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ ।

सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम हुनुपर्छ । कुनै पनि बहानामा हेलचेक््रयाइँ गर्नुहुँदैन ।’

अन्य सबै जिल्लामा थपिएका संक्रमितलाई आधार मान्दा काठमाडौं उपत्यकामा मात्रै झन्डै ५० प्रतिशत धेरै संक्रमित थपिएका छन् । अन्य जिल्लामा १६ असोजसम्म २४ हजार ४ सय २३ संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ८० संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो ।

– प्रमुख कारण हेलचेक्र्याइँ
– अन्य जिल्लामा भन्दा दोब्बर संक्रमित थपिँदै
– असोजयता १३ हजार ८० संक्रमित थपिए
– आत्मानुशासन नहुँदा जोखिम बल्झिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७ सय ४१ पुगेको छ ।

हालसम्म काठमाडौंमा २१ हजार ६ सय ७३, ललितपुरमा २ हजार ६ सय ८७ र भक्तपुरमा २ हजार ३ सय ८१ संक्रमित पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १६ दिनलाई आधार मान्दा दैनिक काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट जोगिने उत्तम उपाय आत्मानुशासन रहेको बताए । उनले भने, ‘भौतिक दुरी कायम गर्नुपर्छ । भीडभाड गर्नुहुँदैन । मास्क सही तरिकाले प्रयोग गर्नुपर्छ ।’

प्रकाशित : शनिबार, असोज १७, २०७७०२:२९

‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि कपाल मुण्डन गरेर गाउँ डुलाए’