‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि कपाल मुण्डन गरेर गाउँ डुलाए’

काठमाडौँ – परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई नि-र्घात कु-टपि-ट गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि कु-टपि-ट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कु-टपि-ट गरे ।’

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कु-ट्दा आफ्नो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।

कु-पि-ट गर्ने श्रीमान्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी ल्याएको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् । तर, कु-पि-ट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’

प्रकाशित : शनिबार, असोज १७, २०७७०२:५१

राजनीतिक नेतृत्वलाई रिझाउने पटक पटक ‘भाग्यमानी’, पटकपटक लाभको पद !