“सरकारलाई जनता र केसीको होइन, कसलाई मन्त्री र सांसद बनाउने मात्रै चिन्ता छ”

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार मस्त निन्द्रामा रहेको आरोप लगाएका छन्।

शनिबार सामाजिक संजाल मार्फत थापाले मस्त निन्द्रामा रहेको सरकारलाई १९औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको र जनताको स्वास्थ्य प्रति अलिकति पनि चिन्ता नरहेको बताएका हुन्।

२० दिन देखि लगातार अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गर्दा पनि सरकारले त्यस तर्फ ध्यान नदिएको थापाको आरोप छ। सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चिन्ता रहेको पनि थापाले आरोप लगाएका छन्।

थापाले भनेका छन्,”२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।”

साथै उनले केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकोले उनको जीवन रक्षाका लागि नागरिकस्तर बाटै कडा आवाज उठाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

थापा फेसबुकमा थप लेख्छन्,”त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!”

प्रकाशित : शनिबार, असोज १७, २०७७१२:०७

बाबुरामलाई गिरीको च्यालेन्ज – ‘सक्ने भए ओली-प्रचण्ड-देउवा विरुद्ध अख्तियारमा उजुरी दिनु’