एजेन्सी – उरुग्वेली फरवार्ड एडिन्सन काभानी स्पेनिस क्लब एटलेटिको म्याड्रिड जान इच्छा देखाएका छन्। उरुग्वेकै लुइस सुआरेज एटलेटिको पुगेसँगै काभानीले पनि त्यहाँ जाने इच्छा देखाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

काभनीले गत सिजनको अन्त्यसँगै पीएसजीसँग सम्झौता समाप्त भएपछि क्लब छाड्ने घोषणा गरेका थिए । त्यसयता उनको नाम विभिन्न क्लबसंग जोडिएपनि उनी कुनै पनि क्लबमा अनुबन्धित भने भएका छैनन्। ।

पछिल्लो समय उनी माथि म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको छ। तर लुइस सुआरेज एटलेटिकोमा रहेका कारण पनि उनले भावनात्मक रुपमा एटलेटिकोमा जोडिन छाएको बताइएको छ।

सुआरेज र काभानी राष्ट्रिय टोलिबाट सँगै खेलिसकेको हुँदा काभानी एटलेटिको गए यी दुई बीचको सहकार्यले एटलेटिको थप बलियो हुने अनुमान गरिएको छ।

काभानी केहि महिना अगाडी पनि एटलेटिको जाने चर्चा चलेको थियो। त्यससमयमा खटपट भएपछि एटलेटिको र काभानी बीच कुनै सम्झौता हुन नसकेको बताइएको थियो।
उरुग्वेली क्लब डानुवियोबाट व्यवसायिक खेल करियर शुरु गरेका काभानीले इटालियन क्लब पालेर्माेबाट पनि खेलेका थिए । काभानी पालेर्माेबाट २०१० मा नेपोली पुगेका थिए । त्यसपछि उनी २०१३ मा पीएसजी पुगेका थिए ।
काभानीले पीएसजीका लागि ३०१ खेलमा २०० गोल तथा इटालियन जलब नेपोलीका लागि १३८ खेलमा १०४ गोल गरेका थिए । पिएसजीमा झन्डै सात वर्ष बस्दा ७ पटक लिग वान जितेका काभानीले १९ वटा उपाधि जितेका थिए ।
उनले उरुग्वेको राष्ट्रिय टोलिको लागि पनि ५० गोल पूरा गरेका छन्। सन् २००८ देखि राष्ट्रिय रहेको काभनीले ११६ खेलमा उक्त संख्यामा गोल गरेका हुन् ।

