काठमाडौँ – प्रधानमन्त्रीका दुई जना सल्लाहकारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शनिबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
शनिबार अपराह्न साढे ४ बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै विष्णु रिमालले आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।
उनले लेखेका छन् – “हिजोको PCR परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनुभएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।”
हिजोको PCR परीक्षणबाट
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j— Bishnu Rimal (@BishnuRimal) October 3, 2020
यस्तै सूर्य थापाले पनि सामाजिक संजाल मार्फत आफूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताउँदै आफूसंग सम्पर्कमा आएकाहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
“हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।”,थापाले लेखेका छन्।
हिजोको PCR परीक्षणले
ममा कोरोना-पोजिटिभ
देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।Posted by Surya Thapa on Saturday, October 3, 2020