काठमाडौँ – प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
शनिबार कोरोना पुष्टि हुनेहरुमा नेपाली सेनालका २८ जना, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जना रहेका छन्। त्यस मध्ये २ प्रहरीमा शुक्रबार नै कोरोनाको पुष्टि भएको हो।
प्रधानमन्त्री सचिवालयका ५ जनामा कोरोना भाइरसको संक्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार र सहयोगीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आएको र त्यसले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको देखाएको हो।
यस अगाडी प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई संक्रमण भएको थियो।