माता लक्ष्मीलाई खुसी पार्न यी उपाय गर्नुहोस्, धन तथा सुख-समृद्धि प्राप्त हुनेछ !

प्रत्येक व्यक्तिलाई आफ्नो जीवन सुख र समृद्धिको साथ बाँच्ने इच्छा हुन्छ। त्यसैको लागि अह्रेक मानिस यसका दिन रात परिश्रम गर्छन्। धर्मशास्त्रमा यो भनिएको छ कि धन प्राप्तिको लागि देवी लक्ष्मी प्रशन्न हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ। शास्त्रमा केहि उपाय पनि उल्लेख गरिएको छ जुन उपाय गर्नाले धनको कमी हुने छैन। धन तथा वैभवको अभावलाई हटाउन कसरी देवी लक्ष्मीलाई प्रशन्न पार्ने त ? जान्नुहोस्…

१. शास्त्रमा यो उल्लेख गरिएको छ कि माता लक्ष्मी त्यो घरमा मात्र बास गर्छिन् जुन घरमा सर-सफाई हुन्छ। त्यसैले, घर वा व्यापारिक प्रतिष्ठान सधैँ सफा सुग्गर राख्नुहोस्।

२. राती भान्सामा जुठा भाँडा नराख्नुहोस्। जुठा भाँडाहरू राती नै सफा गर्नुपर्छ।

३. पैसाको नोट कहिले पनि जुठो हातले छुनु हुँदैन वा पैसा गन्दा औंलामा थुकको प्रयोग गर्नु हुँदैन। जुठो हातले पैसा छुँदा माता लक्ष्मीको अपमान हुन्छ भन्ने विश्वास रहेको छ।

४. धर्मशास्त्रमा यो पनि भनिएको छ कि शुक्रवार माता लक्ष्मीको दिन हो। यस्तो अवस्थामा, यस दिन घरको मूल ढोकामा बत्ती बाल्नु पर्छ। साँझको समय घरको मुख्य द्वारमा  बत्ती नबाल्ने घरमा लक्ष्मीको बास हुँदैन।

५. शुक्रवार बिहान पूजाको गर्दा देवी लक्ष्मीको फोटोलाई उत्तर दिशामा राखेर पूजा गर्दा लक्ष्मीको आशिर्वाद प्राप्त हुन्छ।

६. महालक्ष्मी यन्त्रलाई पूजा गृहमा राख्नुहोस् र आर्थिक संकटबाट छुटकारा पाउनको लागि यसको दैनिक पूजा गर्नुहोस्।

७. माता लक्ष्मीको पूजा गर्दा विशेष चीजहरू जस्तै कौडा, शंख, नरिवल आदि अर्पण गर्नुहोस्।

प्रकाशित : आइतबार, असोज १८, २०७७२०:५९

व्यापार व्यवसायमा आउने समस्याको राशि अनुसार यसो गर्नुहोस् !