जुम्ल्याहा जन्माएपछि कोरोनाको पुष्टि, उपचारका क्रममा मृत्यु !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एक सुत्केरीको निधन भएको छ।

जुम्ल्याहा जन्माएपछि कञ्चनपुरकी सुत्केरीको बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा निधन भएको हो। निधन हुनेमा कञ्चनपुरकाे महेन्द्रनगर-२ घर भएकी २९ वर्षीया सुत्करी रहेकी छन्।

उनले कञ्चनपुरकाे धनगढीस्थित सेती अस्पतालमा उनले एक छाेरा र छाेरी जुम्ल्याहा जन्माएकी थिइन्। जुम्ल्याहा सन्तान जन्माएपछि उच्च रक्तश्राव भएकाका कारण उनको पाठेघरको अपरेसन गरिएको थियो।

थप उपचार गर्नेक्रममा पीसीआर परीक्षण गर्दा उनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई असोज १५ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।

सुत्केरी महिलाको उपचारका क्रममा आज (आइतबार) बिहान ४:३० बजे निधन भएको नेपालगन्ज मेडिकल कलेजका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

प्रकाशित : आइतबार, असोज १८, २०७७०९:५५

थप सवा दुई अर्ब लिन इण्डियन आयलको दबाब