मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंको लागि यस दिन शुभ रहनेछ। नयाँ काम शुरू गर्न उत्साह रहनेछ, तर अत्यधिक उत्साहबाट ग्रस्त नहुनुहोस् सावधानी अपनाउनुहोस्। शारीरिक र मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुहोस्। धन प्राप्तिको योग रहेको छ। परिवार, प्रियजन र साथीहरूको साथमा स्नेही समारोहमा उपस्थित हुन सक्नुहुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शारीरिक र मानसिक रूपले व्यग्रता रहनेछ। चिन्ताको कारण मानसिक भार रहन सक्छ, जसले मानसिक अस्वस्थ राख्न सक्छ। परिवारका सदस्यका साथ मनमुटाव हुनसक्छ, जसको कारण घरको वातावरण बिग्रन सक्छ। कडा परिश्रम पश्चात पनि सफलता नमिल्दा आर्थिक स संकट चिन्ता रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईंको लागि यस दिन शुभ रहने देखिन्छ। व्यापार व्यवसायमा समय अनुकूल रहनेछ। कार्यक्षेत्रमा पदोन्नती प्राप्त हुने देखिन्छ। परिवारमा मैत्री वातावरण रहनेछ। आमाबाट पनि लाभ मिल्नेछ। शारीरिक रूपमा स्वस्थ र मानसिक रूपले प्रशन्न रहनुहुनेछ। धन तथा प्रतिष्ठामा वृद्धि हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्यमा समस्या आउनसक्छ, विशेषगरी पेट दुख्ने समस्याले सताउन सक्छ। सफलता प्राप्त गर्न कडा परिश्रम गर्नु पर्छ। मनमा नकारात्मक भावना उत्पन्न हुनेछ। धार्मिक यात्राको सम्भावना रहेको छ। क्रोधमा संयम राख्नुहोस्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारका सदस्यहरूसँग सामाजिक गतिविधिहरूको लागि बाहिर जान सक्नुहुन्छ। छोटो यात्राको योग रहेको छ। व्यापारमा बिस्तार हुने देखिन्छ। सामाजिक क्षेत्रमा सफलता र प्रसिद्धि प्राप्त हुनेछ। आकस्मिक धन लाभको सम्भावना छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईंको यस दिन सुखमय तरिकाले बित्नेछ। परिवारका सदस्यहरूसँग खुशीसाथ समय बित्नेछ। शारीरिक स्वस्थता र मानसिक प्रफुल्लताको अनुभव गर्नुहुनेछ। कार्यक्षेत्रमा सहकर्मीको साथ सहयोग मिल्नेछ। माइती पक्षबाट शुभ समाचार पाउनुहुनेछ। धन लाभ मिल्ने सम्भावना छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
क्रोधमा संयम राख्नुहोला। पेटसँग सम्बन्धित समस्याले सताउन सक्छ। कुनै पनि कार्यमा सफलता नमिल्दा निराशा छाउनेछ। साहित्य वा कुनै अन्य रचनात्मक कलामा रुचि बढ्नेछ। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहन सक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ। तपाईंमा उत्साहको अभाव हुनेछ। परिवारका साथ मनमुटाव तथा झै-झगडाको स्थिति उत्पन्न हुनसक्छ, यसले तपाईंको दिमागलाई विचलित गर्न सक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। सामाजिक क्षेत्रमा मान-सम्मानमा आँच आउनसक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मनमा नकारात्मक विचार उत्पन्न हुने देखिन्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। अनावश्यक वाद-विवाद तथा झै-झगडाबाट टाढा नै रहनुहोला। खानपानमा विशेष ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य मध्यम रहनेछ।