साप्ताहिक राशिफल: कुन राशिलाई हप्ता कति शुभ ?

मेष राशि  

मेष राशिका व्यक्तिलाई यस हप्ता आफ्नो करियर र व्यवसायमा विशेष ध्यान जरूरी देखिन्छ। क्रोधमा संयम राख्नुहोला। बुद्धि र विवेकको प्रयोग गरेर, तपाइँ हानिबाट बच्न सक्नुहुन्छ। परिवारमा मतभेद सुल्झाउन तपाईंले वरिष्ठ व्यक्तिको मदत लिनुपर्नेछ। खानपानमा विशेष ख्याल राख्नुहोस्, अन्यथा पेट सम्बन्धि समस्याले सताउन सक्छ। विवाहित जीवन होस् वा प्रेम सम्बन्ध, अर्को पक्षको भावनालाई वेवास्ता नगर्नुहोस्।

वृष राशि 

यस हप्ता तपाईंले अल्छी र बेवास्ता छोड्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्दछ, त्यसपछि मात्र तपाईं आगामी समयमा सफलता प्राप्त गर्न सक्षम हुनुहुनेछ। व्यापारीहरूले व्यापार बढाउने अवसरहरू पाउने छन्। परिवारका वरिष्ठ सदस्यहरूको स्वास्थ्यको लागि विशेष ध्यान राख्नुपर्नेछ। हड्डीहरूसँग सम्बन्धित रोगहरू देखा पर्न सक्छन्। प्रेम सम्बन्ध मजबूत हुनेछ।

मिथुन राशि 

हप्ताको सुरूमा कुनै परिवार वा साथीको कारण व्यर्थका कामहरूमा समय खर्च हुनेछ। कम आय र खर्चको कारण मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीको सहयोग मिल्नेछ। कानुनी मामलामा सफलता मिल्ने देखिन्छ। प्रतिस्पर्धामा बच्चाहरूको सफलताका कारण घरमा खुशीयाली वातावरण हुनेछ। हप्ताको अन्त्यमा छोटो यात्रा सम्भव छ। यात्राको समय स्वास्थ्य र सामानको खास ख्याल राख्नुहोस्।

कर्कट राशि 

रोजगारको खोजीमा रहेकाले सफलता प्राप्त गर्नेछन्। व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले उत्कृष्ट धन प्राप्त गर्न सक्छन्। आर्थिक समस्याबाट छुटकारा मिल्नेछ। घरमा खुशीयालीको वातावरण रहनेछ। दाम्पत्य जीवनमा पनि द्वन्द्वको स्थिति रहला। यस कोरोना अवधिमा स्वास्थ्य समस्याहरूलाई वेवास्ता नगर्नुहोस्। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ।

सिंह राशि 

यस हप्ता, अन्तराष्ट्रिय स्तरमा व्यापार गर्नेहरूको भाग्य चम्किन्छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहनेछ। व्यापारमा अपेक्षा अनुसार लाभ मिल्नेछ। पुरानो साथीसँग भेट हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपले पनि तपाईं स्वस्थ रहनुहुनेछ। लामो समयपछि तपाईं आफ्नो प्रेमी वा प्रेमिका संग समय बिताउने अवसर प्राप्त गर्नुहुनेछ। आकस्मिक खर्च बढ्नेछ।

कन्या राशि 

कार्यक्षेत्रमा तपाईंको कामको तारिफ हुनेछ। धन लाभका विभिन्ना स्रोत भेटिनेछन्। तपाईंको आफ्नै ढिलाईका कारण सबै क्षेत्रमा सफलतामा अलिक ढिलाइ हुन सक्छ। पूरा हप्ता समय व्यवस्थापनको ख्याल राख्नु पर्ने हुन्छ। नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। स्वास्थ्यको हिसाबले आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। प्रेमीसँग आनन्दमय समय बित्नेछ।

तुला राशि 

कार्यक्षेत्रमा सावधानीपूर्वक काम गर्नु पर्ने देखिन्छ, अन्यथा विपक्षीहरूले नोक्सान पुर्याउन सक्छन्। व्यापारमा राम्रोसँग सोच-बिचार गरेर मात्र लगानी गर्नुहोला। विवाहित जीवनमा मिठास ल्याउन, जीवनसाथीको भावनाको कदर गर्नुहोस्। अत्यधिक खर्च हुन सक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ, विशेष ध्यान राख्नुहोला। जीवनसाथीसँग राम्रो समय बिताउने मौका मिल्नेछ।

वृश्चिक राशि

यस हप्ता करियर र व्यापारमा सकारात्मक वातावरण देख्नुहुनेछ। व्यापारीहरूले व्यापार बढाउने अवसरहरू पाउने छन्। रोजगारको खोजीमा रहेकाले सफलता प्राप्त गर्नेछन्। खानपानमा विशेष ध्यान राख्नुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। हप्ताको अन्त्यमा रमणीय यात्राको योग बन्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु राशि 

कुनै पनि काम सावधानीपूर्वक गर्नुहोस्। हतारमा, बनेको काम पनि बिग्रन सक्छ। मित्रको सहयोगमा अधुरा रहेका काम सम्पन्न हुनेछन्। ऋण दिएको पैसा फिर्ता पाउनुहुनेछ। बैंक, वित्त र इजाजतपत्र सम्बन्धि काम गर्नेले विशेष लाभ प्राप्त गर्नेछन्। आर्थिक स्थितिमा सुधारको आउनाले घरमा खुशीको अनुभूति हुनेछ। प्रेमीसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। हप्ताको अन्त्यमा, घरमा पूजा वा शुभ कार्यहरू आयोजना हुनसक्छ।

मकर राशि 

मिहेनत अनुसार सफलता प्राप्त हुनेछ। विद्यार्थीहरूले सफलताको लागि अत्यन्त कडा परिश्रम गर्नु पर्छ। बुबा वा भाईसँग मतभेद हुन सक्छ। यस हप्ता तपाईंले कामको साथसाथ तपाईंको स्वास्थ्यको पनि पूरा ध्यान दिनुपर्नेछ। खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधनको प्रयोग सावधानीपूर्वक गर्नुहोला। प्रेम सम्बन्धमा केहि समस्या आउनसक्छ।

कुम्भ राशि 

तपाईंले सामना गरिरहनु भएको कुनै पनि समस्याको समाधान हुनेछ। हप्ताको सुरूमा परिवारसँग आनन्दमय समय बित्नेछ। प्रियजनको घरमा आउँदा रमाइलो वातावरण बन्नेछ। व्यापारमा बुबा वा कुनै वरिष्ठको सल्लाहलाई बेवास्ता नगर्नुहोस्। स्वास्थ्यमा समस्या आउनसक्छ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनसक्छ।

मीन राशि 

तपाईंले यस हप्ता जीवनसाथीको पूर्ण समर्थन पाउनुहुनेछ। व्यापारमा साथी-भाईको भरपूर सहयोग प्राप्त गर्नुहुनेछ। युवाहरुका लागि समय अनुकूल छ। सन्तानबाट शुभ समाचार मिल्नसक्छ। प्रेम सम्बन्ध बलियो हुनेछ। आर्थिक लेन-देनको लागि समय शुभ छैन। तपाईको क्षमता अनुसार काम गर्नुहोस् अन्यथा तपाईको स्वास्थ्य बिग्रन सक्छ।

प्रकाशित : आइतबार, असोज १८, २०७७२०:०७

भोलि असोज २० गते मंगलबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!