एजेन्सी – युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले क्रिस्टियानो रोनाल्डो धेरै नै मेहनती रहेको बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा पिर्लोले आफूले रोनाल्डो निकै मेहनती पाएको बताएका हुन्।

सिरी ‘ए’को नयन सिजन शुरु भएयता ३ गोल र एक असिस्ट गरिसकेका रोनाल्डो बारे टिप्पणी गर्दै पिर्लोले पत्रकारहरु समक्ष रोनाल्डो प्रशिक्षणमा धेरै मिहिनेत गरिरहेको बताए।

“रोनाल्डो निकै मेहेनती छन् । उनी ट्रेनिङमा सबैभन्दा पहिला आउँछन् र सबै भन्दा ढिला फर्कन्छन् ।”,उनले भने। रोनाल्डोले खेलमा उत्साह थप्ने पिर्लो बताउँछन्। रोनाल्डोले शान्दार रुपमा सिजन सुरु गरेको उनको भनाई छ।

“उनी हरेक खेलमा उत्साह थप्छन्। त्यो मैदानमा अपनी देख्न सकिन्छ।”,उनले भने,”उनले निकै शान्दार रुपमा सिजन सुरु गरेका छन्। अन्त्यसम्म पनि उनले यसरी नै खेल्नेछन् भन्ने मलाई आशा छ । उनी सबैका लागि उदाहरण हुन् ।”

यस्तै पोर्लोले च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस आमने-सामने हुन लागेको बारे पनि टिप्पणी गर्दा छन्। बार्सिलोनासंगको खेल जहिले पनि विशेष रहने भन्दै उनले खेलाडीहरूलाई बढी जिम्मेवार बनाउने बताए।

“हामी धेरै राम्रो समूहमा छौं। बार्सिलोनासँग सामना हुनु साँचै नै विशेष रहन्छ। बार्सिलोनासँगको सामनाले हाम्रा खेलाडीलाई थप जिम्मेवार बनाउँछ।”,उनले भने।
सन् १९९६ मा च्याम्पियन्स लिग जिते यता युभेन्टसले अहिले सम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। यस क्रममा युभेन्टस ५ पटक फाइनल पुगिसकेको छ।

यस सिजन युभेन्टसले घरेलु लिगसँगै च्याम्पियन्स लिग पनि जित्ने लक्ष्य राखेको छ। च्याम्पियन्स लिगमा युभेन्टसले समूहचरणका खेलहरुमा बार्सिलोना, डायनामो किभ, फेरेन्भारेसको सामना गर्नेछ।

