भक्तपुरमा रोकिराखेको बसभित्रै किशोरीको सामूहिक बलात्कार

सांकेतिक तस्विर

काठमाडौँ – भक्तपुरमा एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन्। एकजना १६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका हुन्।

किशोरीलाई लठ्ठिने औषधी खुवाएर बा ३ ख २६१२ नम्बरको बसमा पुर्याई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। अपराधमा संलग्न तीन जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

पक्राउ परिसकेकाहरुमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्। दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो।

उनीहरुले भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखिएको बसमा किशोरी माथि बलात्कार गरेका थिए।

प्रकाशित : आइतबार, असोज १८, २०७७१५:०५

बराक ओबामा र मिसेल ओबामा चुनिए सबै भन्दा बढी मन पारिएका पुरुष र महिला !