काठमाडौँ – चर्चित लोक गायिका सुमित्रा कोइराला र राम कुमार नेपालीको नयाँ लोक गीत सार्वजनिक भएको छ। गायक राम कुमार नेपाली र गायिका सुमित्रा कोइरालाको स्वरमा रहेको ‘सुनन मायाले’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
गायिका कोइरालाले आफ्नै शब्दमा संगीत भरेकी छन् भने संगीत समयोजन कृष्ण कृष्ण बिक (भाञ्जा)ले गरेका छन्। गीतको म्युजिक भिडियो गायिका सुमित्रा कोइरालाको आधिकारिक युट्युब च्यानलमा राखिएको छ।
म्युजिक भिडियोमा लोमश शर्मा, बिनु शाक्य, बबिन ठकुरी, रिना थापामगर लगायत देखिएका छन्। म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन्।
“गीतमा चन्द्रजस्तै देखेर मुहार, मागे मैले मायाको गुहार
सुनन मायाले, बगैंचामा फुल फुुलेसरी, तिम्रै माया फुल्यो यो मनभरी बुझन मायाले” जस्ता शब्दलाई काठे भाकामा ढालेर गायिका सुमित्राले ल्याएको गीतलाई दर्शकहरुले रुचाएका छन्।
युट्युबमा अधिकांशले सकारात्मक प्रतिक्रिया जनाउँदै गायक-गायिकालाई यस्तै मनछुने भाका प्रस्तुत गर्न आग्रह गरेका छन्।