काठमाडौँ – नेपाली बजारमा बजाज बाइकको मूल्य बढेको छ। भारतमा समेत बजाजका बाइकको मूल्य बढिरहेको अवस्थामा बजाज बाइकको मूल्य नेपालमा पनि बढेको हो।
नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीका अनुसार सबै भन्दा बढी मूल्य बजाज डोमिनारको बढेको छ । नयाँ मूल्य अनुसार नेपालमा डोमिनारको मूल्य अब ५ लाख ४९ हजार ९ सय रुपैयाँ भएको छ।
पछिल्लो समय बजाजका धेरै जस्ता बाइकहरु नेपालमै एसेम्बल हुने गरेका छन् । जसकारण बजाजका मोटरसाइकल गत माघ महिना देखि केहि सस्ता भएका थिए। तर त्यसपछि गत साउन अन्तिम सातामा बजाजका मोटरसाइकलहरुको मूल्य बढेको थियो।
नेपाली बजारमा हाल उपलब्ध बजाजका बाइक मध्ये पल्सर १२५ डिस्क वाहेक अन्य सबै बाइकको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।
कुन बाइकको मूल्य कति ?