प्रदेश राजधानीको विषयमा लफडा भएपछि बाबुरामले खुच्चिङ लगाए, पाप धुरीबाट कराउँछ भने !

काठमाडौँ – प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भएपछि जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा।बाबुराम भट्टराईले खुच्चिङ लगाएका छन्।

प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । प्रदेश राजधानी दाङ सार्ने सरकारले निर्णय गरेसँगै केहि दिन देखि रुपन्देहीका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यसलाई पाप धुरीबाट कराएको भनेका छन्। विगतमा विना कुनै मापदण्ड र विना आधार प्रदेश निर्माण गर्दा अहिले अवस्था भएको उनको भनाई छ।

“पाप धुरीबाट कराउँछ रे! ५ नं प्रदेशका नेकपा/ कांग्रेसका नेता/ कार्यकर्ता आपसी मा-रका-टमा उत्रनु हिजो उनीहरूले विना कुनै मापदण्ड र आधार उँटजस्तो प्रदेश निर्माण गर्नुको पापको परिणाम मात्र हो।”,उनले ट्वीटरमा लेखेका छन्। पहिचानका ५आधार र सामर्थ्यका४आधारमा प्रदेशको संख्या,सीमा,नाम र राजधानी तय नगरी समस्या हल नहुने भट्टराईको जिकिर छ।

“पहिचानका ५ आधार र सामर्थ्यका ४आधारमा प्रदेशको संख्या,सीमा,नाम र राजधानी तय नगरी समस्या हल हुन्न है!”,भट्टराई ट्वीटरमा लेख्छन्।

प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए। उनले कसैले पनि संसदीय दलको ह्वीपको उल्लङ्घन गरेमा पार्टी विधानबमोजिम कारवाही हुनेसमेत चेतावनी दिएका छन् ।

दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राखेको समेत बताए। उनले बैठकमा आएका फरकमतलाई संसदीय दलमा सङ्ग्रहणीय र सुरक्षित गर्ने र सबैले सरकारको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएकोसमेत जानकारी दिए।

प्रदेशसभा सदस्यले राखेका धारणााको जवाफमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी निर्णयविपरीत नजान निर्देशन दिए। उनले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावप्रति असहमत रहेका प्रदेशसभा सदस्यका धारण आ–आफ्ना क्षेत्रका मतदाताप्रतिको जवाफदेहिताका कारणले आएकाले जायज रहेको बताए। उनले सबै जिल्लाका मागको सम्बोधन गर्दा असजिलो भए पनि एउटा साझा धारणा बनाएर निर्णयमा जानुपर्ने बाध्यताले सरकारले अघि सारेको उक्त प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिए।

सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका हुन् । सरकारले दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग देउखरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरेका छन् ।

प्रकाशित : सोमबार, असोज १९, २०७७०९:५९

महँगो भए बजाजका मोटरसाइकल ! कुन मोटरसाइकलको मूल्य कति ? हेर्नुहोस् मूल्य सहित !