काठमाडौँ – थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच जना शिशु जन्माएकी छन्। शल्यक्रियापश्चात नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी हुन्।
पाँचमध्ये एक जना शिशुको भने शल्यक्रियाअगावै मृ-त्यु भएको शल्यक्रियामा सहभागी अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीले बताए। उनकै नेतृत्वमा शल्यक्रिया भएको थियो।
शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकको गर्भमै मृ-त्यु भएको र अन्य चार जना सकुशल रहेको सुवेदीले बताए। उनका अनुसार ४ शिशुलाई एनआइसीयुमा निगरानीमा राखिएको छ।
जीवित रहेका चारै शिशु छोरी रहेका छन् भने शल्यक्रियाअगावै मृ-त्यु हुने छोरा छन्। जीवित शिशुहरु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका रहेका छन्। मृ-त शिशुको भने तौल ३०० ग्राम मात्र थियो। उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई एनआइसियूमा राखिएको छ।
अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएपनि अपरेसनका क्रममा भने पाँच शिशु फेला परेको डाक्टर सुवेदीको भनाई छ।