आफ्नो लक्की नम्बर कसरी थाहा पाउने ? यस्तो छ जन्म मिति अनुसार लक्की नम्बर थाहा पाउने तरिका

संसारका हरेक व्यक्तिहरुले कुनै अंकलाई आफ्नो लक्की नम्बर मान्ने गर्छन। १ देखी ९ सम्मका कुनै पनि अंक मध्य एउटा आफ्नो लक्की नम्बरको रुपमा मान्ने गरिन्छ। यसरी आफ्नो लक्की नम्बर छनोट गर्दा हरेक व्यक्तिहरुले छुट्टै तरिका वा विचार लगाउने गर्छन। मान्छेहरुले लक्की नम्बर छनोट गर्दा आफ्नो जन्म गते ,जागिर सुरुवात गरेको दिन वा अन्य थप्रै शुभ दिनहरुको तारिक वा गते बाट आफ्नो लक्की नम्बर छनोट गर्ने गर्छन। आज हामी तपाईहरुलाई आफ्नो लक्की नम्बर छनोट गर्ने केही तरिकाहरु बताउन जाँदै छौँ।

लक्की नम्बर छान्ने क्रममा तपाईले आफ्नो जन्म मिति जोड्न सक्नुहुन्छ। उदाहरणका लागि यदि तपाईको जन्म २५ गते छ भने २+५ = ७ गर्नुहोस। यसरी आफ्नो जन्ममिति बाट छनोट गरिएको अंकधेरै शुभ मान्ने गरिन्छ।

यदि तपाईको जन्मगते एकमात्र अंकको जस्तै १,९,५ मात्र छ भने त्यसलाईनै आफ्नो लक्की नम्बर मान्न सकिन्छ। यस बाहेक आफ्नो जन्म तारिकबाट समेत आफ्नो लक्की नम्बर छनोट गर्न सकिन्छ।

तपाई अचम्म मान्न सक्नुहुन्छ कि तपाईले छनोट गरेको लक्की नम्बरले जीवनमा ठूलो प्रभाव पार्न सक्छ। यस्तो नम्बरले तपाईको आफ्नो व्यक्तित्व समेत झल्काउने गर्छ।

१ देखि ९ सम्मका हरेक अंक स्वामी ग्रह हुन्छ र हरेक व्यक्तिको आफ्नो राशी अनुसार यी हरेक अंकले ठूलो महत्व राख्ने गर्छन। यी मध्य तपाईले छनोट गरेको अंक र राशी स्वामी ग्रह भएको अवस्थामा तपाई धेरै भाग्यशाली हुन् सक्नुहुन्छ।

प्राचीन कालमा हरेक बच्चाको जन्म तिथिको आधारमा राशी तय गर्नुका साथै त्यही आधारमा नाम राख्ने गरिथ्यो। यसो गर्दा उक्त बच्चामा प्रतिकूल प्रभाव नपर्ने मान्यता रहेको थियो। त्यसैले कुनै पनि व्यक्तिको जीवनमा आफूले छनोट गरेको नम्बरले ठुलो प्रभाव पार्ने गर्छ।

प्रकाशित : सोमबार, असोज १९, २०७७१८:१६

आफ्नो भाग्य चम्काउनु छ भने यी चीजहरु मध्ये एक चिज नछुटाई घरमा राख्नुहोस् !