न छन् हात, न छन् खुट्टा : आमा-बुवाले छोडेपनि आत्मनिर्भर बन्दै बनिन् लाखौको प्रेरणाको श्रोत ! [भिडियो]

एजेन्सी – बिना हात-खुट्टा जीवन कति असहज हुन्छ भनेर सोच्ने मात्रै हो भने पनि हामी जो-कोहिको आङ सिरिङ्ग हुन्छ। शरीरमा हुने सामान्य कमिले मात्रै पनि हामी असहाय महसूस गर्छौ।

तर शारीरिक असक्षमताको बाबजुत पनि जीवनमा धेरै काम गर्न सकिन्छ र धेरैलाई हौसला प्रदान गर्न सकिन्छ भनेर ३७ वर्षिय एमी ब्रूक्सले देखाएकी छन्।

आफ्नो जीवनको कमजोरीलाई तागत बनाएकी धेरैको प्रेरणाको श्रोत बनिरहेकी एमी अमेरिकामा बस्छिन्। जन्मिने बितिकै एमी घर-बार, परिवार बिहिन भएकी थिइन्।

जन्मँदै हात-खुट्टा बिना जन्मिएकी एमीलाई अस्पतालमै छाडेर उनका आमा-बुवा भागेका थिए। तर सैभाग्यले उनी धेरै समय सम्म परिवार बिहिन हुनु परेन।

उनलाई पिट्सबर्गको ब्रूक्स परिवारले “एडप्ट” गरे र उनको पालन-पोषण गरे। हात-खुट्टा नहुँदा आइपर्ने सम्पूर्ण समस्यासँग जिध्दै हुर्किएकी एमीले आफ्नै तरिकाले जीवनसँग संघर्ष गरिन्। जसकारण अहिले उनी चर्चामा छिन्।

एमी अहिले “मोटिभेस्नल स्पीकर” बनेर कयौंलाई हौसला प्रदान गर्दैछिन्। यति मात्र नभई एमी आफ्नो यूट्यूब च्यानलमा “हाऊ डज शी डू इट” नामक कार्यक्रमपनि चलाउँछिन्।

“जन्मने बितिकै मलाई जन्म दिने आमा-बुवाले अस्पतालका कर्मचारीहरुलाई मलाई एक कोठामा थुन्न र केहि खान नदिन भनेका थिए रे। तर मलाई “एडप्ट” गर्ने परिवारले मलाई सहयोग गर्नु भयो। आत्मनिर्भर बनाउन उहाँहरुको ठूलो भूमिका छ।”,एक अन्तर्वार्तामा उनले भनेकी थिइन्।

प्रकाशित : सोमबार, असोज १९, २०७७१८:४२

यी अंगमा “किस” गरिदिएको ज्यादै मन पराउँछन् महिलाहरु !