८१ वर्षीय वृद्ध कोरोना जितेर घर फर्किए !

ताप्लेजुङ – ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीलाई घर फर्काइएको अस्पतालका प्रमुख डा सोनिङ लामाले जानकारी दिए।

दमको रोगबाट पीडित ती वृद्धलाई कोरोना पुष्टि भएपछि असोज ७ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना रोग निको भएर घर फर्कनेमा ताप्लेजुङका फक्ताङलुङ निवासी रहेको बताइएको छ ।

प्लाज्मा बैंकलाई अभियानको रु. ११ लाख सहयोग

नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ ।

यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो ।

पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरोना सङ्क्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको प्लाज्मा बैंक सञ्चालनमा अभियानले सो रकम सहयोग गरेको हो ।

आजदेखि रेडक्रसको विर्तामोड कार्यालयमा सञ्चालनमा आएको बैंकमा तीन जनाले प्लाज्मा दान गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

प्रकाशित : सोमबार, असोज १९, २०७७१९:३९

“कुर्सी तोडफोड गर्ने कांग्रेसको नीति र संस्कृति होइन” – कांग्रेस प्रवक्ता !