उपत्यकामा कोरोनाको जोखिम बढ्यो, गम्भीर लक्षण भएका बिरामी पनि थपिन थाले !

काठमाडौँ – कोरोना संक्रमणका कारण पछिल्लो २४ भित्र १९ जनाको मृ-त्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृ-त्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजा। ४० जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र १५ सय ३१ जना हुन्। नयाँ संक्रमितमध्ये उपत्यकामा मात्र ६२.७ प्रतिशत छन्।

अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। कुल संक्रमितमध्येमा ६५ हजार २ सय २ जना निको भइसकेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकशित छ।

हाल देशभरिमा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ सय ४४ को आइसियु र ४३ को भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल देशभरिमा १२ हजार ३ सय १६ जना होम आइसोलेसन र ११ हजार १ सय ९१ जना संस्थागत आइसोेलेसनमा छन्। गत २ब्ल्म्एभ्च्४४लदकउसघण्टामा १३ हजार ८ सय ८१ पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

कुल परीक्षण भएकामध्ये काठमाडौं उपत्यकामा २० प्रतिशत संक्रमण दर देखिएको र त्यहीअनुसार गम्भीर लक्षण भएका बिरामी पनि थपिँदै गएकाले थप मृ-त्यु हुने खतरा बढेर गएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए।

दैनिक संक्रमणको कारण अस्पतालका आइसियु अस्पतालका शड्ढया भरिँदै गएको डा. पाण्डेले बताए। यही दरले संक्रमण बढ्दै गएमा उपचारमा पुग्ने संक्रमितले पर्याप्त आइसियु र अक्सिजन नपाएर मृ-त्यु हुने खतरा बढिरहेको उनको भनाइ छ। ‘अस्पताल पुगेपछि पनि अक्सिजन, आइसियु नपाउने स्थिति हुने स्थिति आउँछ,’ उनले भने।

लकडाउन खुलेपछि संक्रमण छिटो नियन्त्रणमा नहुने भएकाले हरेकले घरमा जोखिम बढी हुने सदस्य वृद्ध–वृद्धा तथा दीर्घरोगी छुट्टै राखेर सुरक्षित राख्न अनुरोध गरे। ‘अब घरबाहिर गएकाहरुले आमाबुवा र दीर्घरोगीलाई भेट्नु भएन,’ उनले भने। संक्रमण तीव्र रूपमा वृद्धि भएपछि सरकारले आइबातार उपत्यकाको लागि मात्र २५ सय इन्डिपेनडन्ट शड्ढया तयारी गर्न लागेको जनाएको छ।

उपत्यकामा थप संक्रमण बढ्ने स्थिति अझै रहेको महाशाखाकै कन्ट्याक्ट टे«सिङ शाखाका प्रमुख तथा सूचना अधिकारी महेन्द्रध्वज अधिकारीले बताए। ‘संक्रमण बढेपछि मृ-त्यु संख्या पनि बढ्छ, यो रोगको चरित्र हो,’ उनले भने। तर क्षमताभन्दा बढी संक्रमित हुने स्थिति आएमा २५ हजार सक्रिय संक्रमित पुगेपछि केही अवधिका लागि लकडाउन गरेर संक्रमण नियन्यण गर्नुपर्ने स्वास्थ्य विज्ञको सुझाव रहेको अधिकारीले बताए।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७०९:०४

गाउँगाउँमा म्याद गुज्रेका सामान !