कंगनाको भट्टमाथि हमला !

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृ-त्यु ह त्या नभई आ त्मह त्या भएको बताइएको रिापोर्ट आएको छ । एम्सको रिपोर्ट सार्वजनिक भएको छ जसमा अभिनेताको मृ-त्यु ह त्या नभई आ त्मह त्या भएसँगै अभिनेत्री कंगना रनौटले यसमा आफ्नो प्रतिक्रिया जनाएकी छन् । उनको ट्वीटमाथि बलिउड निर्देशक तथा निर्माता महेश भट्टकी श्रीमती सोनी राजदानले प्रतिक्रिया जनाएकी छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सोनीले ट्वीटमा कंगनाको नाम नलिइकनै लेखेकी छन्, ‘कोही व्यक्ति बिहान अचानक उठेर आ त्मह त्या गर्दैन भनेर जसले भनेको छ नि, त्यो कुरामा म सहमत छु । यस्तो कसैले पनि गर्दैन । यही त पूरा मुद्दा हो । उनीहरु लामो समयसम्म पीडित भएका हुन्छन्, निकै समस्या झेलिसकेका हुन्छन्, त्यसपछि नै त यस्तो कदम उठाउँछन् ।’

भट्ट पत्नी सोनीले अर्को ट्वीट गर्दै कृपया मानसिक स्वास्थ्यलाई कम नआँक्न भनेकी छन् । उनले लेखेकी छन्, ‘कृपया मानसिक स्वास्थ्यलाई कम नआँकियोस् । यसलाई एउटा रोगको रुपमा बुझ्न जरुरी छ । यसबाट टाढा भाग्ने कोशिस नगर्नुहोस् र उपचार गराउन पनि नलजाउनुहोस् । यस्तो गरेर तपाईं आफ्नो जीवन बचाउन सक्नुहुन्छ ।’

अभिनेत्री कंगनाले एम्सको रिपोर्ट आएपछि आफ्नो आधिकारिक ट्वीटरमा एउटा पोस्ट लेख्दै भनेकी थिइन्, ‘जवान र अद्भूत व्यक्तिले अचानक उठेर आफूले आफैंलाई मार्दैनन् । सुशान्तले भनेका थिए कि उनलाई तनावमा पारिएको थियो । उनलाई आफ्नो ज्यानको खतरा थियो । उनले भनेका थिए कि फिल्म माफियाले उनलाई प्रतिबन्ध गरेका थिए । उनी बलात्कारको झुटो आरोपले मानसिक रुपमा निकै प्रभावित भएका थिए ।’

यस्तै अभिनेत्री कंगनाले अर्को पोस्टमा सुशान्तलाई ठूला निर्माण कम्पनीले प्रतिबन्ध गरेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘हामीलाई केही प्रश्नको जवाफ चाहिन्छ । सुशान्तले भनेका थिए कि ठूला निर्माण कम्पनीले उनलाई प्रतिबन्ध गरेका थिए । हामीले थाहा पाउनुपर्छ कि उनीहरु को थिए ? अर्को कि मिडियाले उनी बलात्कारी भएको झुटो खबर किन फैलायो ?’ यस्तै कंगनाले प्रश्न गर्दै सोधेकी छन्, ‘महेश भट्टले सुशान्तको मनोविश्लेषण किन गरिरहेका थिए ?’

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७०९:२४

उपत्यकामा बढ्दो संक्रमण : ‘काठमाडौंवासीलाई छैन कुनै चिन्ता !’