तपाईंका यस्ता ६ बानीको कारण देखा पर्न सक्छ जीवनमा अनेक समस्या !

वास्तु शास्त्रका अनुसार हामीले दैनिक जीवनमा गरिरहेका कतिपय कार्यको कारणले नै हाम्रो जीवनमा नकारात्मक प्रभाव परिरहेको हुन्छ। तपाईंले यी बानीहरू परिवर्तन गर्न आवश्यक छ। वास्तु अनुसार यस्ता बानीहरूले तपाईंको जीवनलाई नकरात्मक असर गर्न सक्छ।

जुत्ता-चप्पल जथाभावी राख्ने

घरमा पुराना जुत्ता र चप्पल राख्दा नकारात्मक उर्जा निर्माण हुन्छ, जसको कारणले घरको समस्याहरू समाप्त हुने नाम लिदैन। त्यस्तै, जुत्ता-चप्पल घरमा व्यवस्थित रूपमा छैन भने घरमा कलह हुन्छ र आपसी सम्बन्ध बिग्रन्छ। जुन घरमा जुत्ता-चप्पल जथाभावी रूपमा रहेको हुन्छ, त्यो घरमा शनिको नकारात्मक प्रभाव पर्दछ। शनिलाई खुट्टाको कारक मानिन्छ, त्यसैले खुट्टासँग सम्बन्धित कुनै पनि कुरा व्यवस्थित राख्नु पर्छ।

जता-ततै थुक्ने बानी

धेरै मानिसहरूको बारम्बार कहिँ पनि थुक्ने बानी हुन्छ। यो बानीको कारण तपाईंको प्रसिद्धि, सम्मान र प्रतिष्ठा बिग्रन्छ। यस बानीले गर्दा बुध र सूर्यको खराब प्रभाव पर्छ।

जुठा भाँडा छोड्नु

 

 

प्राय: महिलाले राति भान्छामा जुठा भाँडाकुँडाहरू छोड्दछन्, तपाईंको यो बानीले घरमा वास्तु दोष उत्पन्न गर्दछ। त्यस्तै, धेरै मानिसहरू खाना खाएको थालमा नै हात धुने र थाल त्यहिँ छोड्ने बानी हुन्छ। यो बानी धर्मशास्त्रको बिरूद्ध हो। त्यस्ता व्यक्तिहरूले जीवनमा सफलताको लागि अत्यन्त संघर्ष गर्नुपर्दछ। यसले मानसिक अशान्ति पनि बढाउँदछ। यस्तो बानीले शनि र चन्द्रको खराब प्रभाव पर्दछ।

पाउनालाई पानी नदिने बानी 

केहि मानिसहरूको घरमा आएका पाहुनालाई पानीको लागि समेत नसोध्ने बानी हुन्छ। पाहुना होस् वा जो कोहि तपाईंको घरमा आउँछन्, उनीहरूलाई सम्मानपूर्वक स्वच्छ पानी दिनुपर्दछ। यस्तो खराब बानीको कारण राहुको नकारात्मक प्रभाव पर्दछ, जसको परिणामस्वरूप घरमा अचानक समस्याहरू आउन सक्छन्।

बोट-विरुवामा पानी नदिनु 

सुक्खा बोटहरु वास्तुमा निराशा को प्रतीक मानिन्छ, यिनीहरुलाई विकासको बाटोमा बाधाको रूपमा हेरिन्छ। यदि तपाईंले आफ्नो घरको आँगनमा बिरूवाहरू लगाउनुभएको छ भने, तिनीहरूलाई उचित हेरचाह गर्नुहोस्। बिहान, बेलुका नियमित रूपमा बोटहरूलाई पानी दिँदा सूर्य, बुध, र चन्द्र सम्बन्धि समस्याहरू हट्छन्।

घरमा सामान व्यवस्थित नराख्नु 

धेरै घरमा सामानहरू उचित ठाउँमा र व्यवस्थित रूपमा राखिदैनन्। त्यस्तै, बिहान उठेपछि ओछ्यान पनि नमिलाई छोडिन्छ र रातमा त्यसै सुतिन्छ। फोहोर र अव्यवस्थित ओछ्यानले घरमा नकारात्मक उर्जा फैलाउँछ। त्यस्तै, राहु र शनिको नकारात्मक प्रभाव पर्दछ।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१६:५२

कुण्डलीमा रहेको ग्रह दोषबाट छुटकारा पाउन गर्नुहोस् यस्ता उपाय !