सुशांत सिंह राजपूत केसमा थुप्रै खुलासा र विवादबीच अभिनेताको फरेन्सिक रिपोर्ट बाहिरिएको छ। अभिनेताको मृत्युको दिन देखि नै उनको पोस्टमार्टम रिपोर्टमा थुप्रै प्रश्न उठाईएको थियो। यसैबीच फरेन्सिक रिपोर्टमा अभिनेताको मृत्युको समयमा नै थाहा भयो। रिपोर्ट अनुसार पोस्टमार्टमबाट करिब १० देखि १२ घन्टा पहिले नै सुशांत सिंहको मृत्यु भईसकेको थियो। यसको जानकारी पोस्टमार्टम गर्ने कूपर अस्पतालको डाक्टरले दिएको हो।
सुशांतको पोस्टमार्टम १४ जुनको रात करिब ११ बजे भएको थियो । हालै सुशांत सिंह राजपूतको मृत्युको मामिलामा एआइआइएमएसको फरेन्सिक टीमले पनि सीबीआईलाई आफ्नो अन्तिम रिपोर्ट बुझाएको थियो। एम्सको टीम अनुसार एक्टरको मृत्यु आ-त्म ह-त्या थियो वा घाटी द-बाएर वा वि-ष दिएर भएको थियो अहिलेसम्म सपुत मिलेको छैन।
सुशांत सिंहले किन मृत्यु रोजे? यस रहस्यमा पर्दा कहिले उठ्नेछ यो बताउन निकै मुश्किल रहेको छ। एम्सको रिपोर्टबाट यो कुरा थाहा भएको छ कि यस मामिलामा मुम्बई पुलीसको जाँच सही दिशामा गईरहेको थियो। यस मामिलामा सुशांतले वि-ष खाएको रिपोर्ट नआउनु र सुशांतको गला कसैले द-बाएको देखिएको छैन । यस केसमा ड्र-ग्स एंगलको मुद्दाको जाँचले निकै चर्चा बटुलेको थियो। अहिलेसम्म यस केसमा ठुलाठुला स्टारको नाम बाहिरिएको छ। साथै थुप्रै स्टारको नाम बहिरिएपछि रिया चक्रवर्ती यस मामलामा पछाडी परेकी छन, जसलाई ड्र-ग्स सेवन समेत सप्लाईको पनि आरोप लागेको छ।

