गायिका नेहा कक्कड प्राय केहि न केहि कारण चर्चामा आउँछिन् । एकपटक फेरी आफ्नो बिहेलाई लिएर चर्चामा आएकी छन्। खबर अनुसार नेहा छिट्टै बिहे गर्दैछिन, त्यही पनि आफ्नै साथी रोहनप्रीत सिंहसँग। यधपी अहिलेसम्म कुनै अफिशियल पुस्टि भने भएको छैन। टाइम्स अफ इंडियाले लेखे कि नेहा र रोहनप्रीत यस महिनाको अन्त्यसम्म बिहे गर्नेछन। यो बिहे दिल्लीमा हुनेछ र म-हामारीको कारण कमै मान्छे यस बिहेमा उपस्थित हुनेछन्। एक रिपोर्ट अनुसार यी दुईले २४ अक्टूबरमा सात फेरो लिनेछन् । यधपी रोहनप्रीतको म्यानेजरले यस कुरालाई झुटो बताएका छन्। दुवैले एक भिडियो एकसाथ गरे जसकारण उनीहरुमाथि यस्तो कन्ट्रोभर्सि भएको हो । रोहनप्रीतले अहिलेसम्म बिहेको कुनै योजना बनाएका छैनन्।
नेहा र रोहनप्रीतले एक म्यूजिक भिडियोमा सँगै काम गरेका थिए। यसमा नेहाले रोहनप्रीतलाई लकडाउनमा बिहे गर्ने भन्छिन्। रोहनप्रीतले यस भिडियोलाई सोशल मीडियामा पोस्टगरेका थिए, जुनमा नेहाले उनलाई डायमंड रिंग लगाउन अनुरोध गर्छिन्। भिडियोमा रोहनप्रीतले नेहालाई औँठी लगाई दिन्छन्। रोहनप्रीत रियालिटी शो ‘मुझसे शादी करोगे’ को हिस्सा रहिसकेका छन्। उनी शोमा कंटेस्टेंट थिए जसले शहनाज गिललाई बिहे गर्नको लागी इंप्रेस गर्नु थियो।
रोहनप्रीत जन्नत जुबैरको मिल्ने साथी हुन्। उनको बर्थडेमा रोहनप्रीतले जन्नतको फोटो शेयर गरेका थिए। नेहा पहिले पनि आदित्य नारायणसँग बिहेको कुरालाई लिएर चर्चामा थिइन्। इंडियन आइडलको सेटमा उनको बिहेको ढोलसम्म बजेको थियो। बिहेको खबर बीच नेहा र आदित्यको म्यूजिक भिडियो रिलीज भएको थियो। यस भिडियोलाई मान्छेहरुले निकै मन पराएका थिए। गीतमा नेहाका भाई टोनी कक्कड़ले पनि आफ्नो आवज दिएका थिए। दुवैले इंडियन आइडलको सेटमा शोको टीआरपीको लागि नाटक गरेका थिए।

