यी ५ राशिमा शनिको छायाँ, पर्न सक्छ गम्भीर असर !

ज्योतिष शास्त्रमा शनिलाई धेरै प्रभावशाली ग्रह मानिन्छ। शनि न्याय र कर्म अनुसार फल दिने देवता हुन्। मानिसको राम्रो कर्ममा शनि निकै फलदायी हुन्छ भने नराम्रो कर्ममा निकै कष्टदायी हुन्छ। जब पनि शनिले आफ्नो चाल बदल्दछ यसको प्रभाव सबै राशिमा पर्छ। शनिले लगभग साढे दुई वर्षमा आफ्नो राशि परिवर्तन गर्दछ। शनिले राशि बदल्ने क्रममा केही राशिमा शनिको साढे सातीको दशा पर्न सक्छ। यदि कुनै पनि राशिका मानिसमा शनिको साढेसाती दशा चलेको छ भने त्यो मानिसको जीवनमा जता ततै कष्ट र समस्या मात्र  आइपर्छ।

यो समयमा शनि मकर राशिमा छ। यस्तोमा धनु, मकर र कुम्भ राशिमा शनिको साढेसाती दशा चलिरहेको छ। त्यस्तै, मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ।

कुण्डलीमा शुभ शनि 

यदि शनि कुनै व्यक्तिको जन्मकुण्डलीमा शुभ स्थानमा छ भने, तब त्यस व्यक्ति उच्च ओहदा, धनको लाभ, सम्मान र समाजमा लोकप्रियता प्राप्त गर्दछ। यस बाहेक, व्यक्तिले रोजगार र व्यवसायमा धेरै लाभ मिल्छ।

कुण्डलीमा अशुभ शनि 

यदि शनि कसैको जन्म कुण्डलीमा अशुभ घरमा छ भने तब व्यक्त मा शनिको साढे साती दशा सवार हुन्छ। शनिको अशुभ छायाका कारण कुनै व्यक्तिलाई सबै दिशाबाट समस्याहरूले सताउँन थाल्छ। रोजगार, व्यवसाय, क्यारियर र स्वास्थ्य सम्बन्धी सबै प्रकारका समस्याहरू आउन थाल्छन्।

शनि देवलाई प्रशन्न गर्ने मन्त्र 

  • ॐ शं शनैश्चराय नमः
  • ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः
  • ॐ शन्नो देविर्भिष्ठयः आपो भवन्तु पीतये। स

शनि देवको पूजा गर्ने विधि 

शनिलाई अन्य देवीदेवताहरूको भन्दा फरक तरिकाले पूजा गरिन्छ।

  • शनिदेवको पूजा गर्दा विशेष ध्यान राख्नुहोस् कि शनिदेवको आँखामा भुलेर पनि नहेर्नुहोस्।
  • शनिदेवको शिलारूपमा पूजा गर्दा शनिको आशिर्वाद मिल्छ। शनिदेव शिलाको रूपमा विराजमान भएको मन्दिर पूजा गर्नुपर्दछ।
  • शमीको बोट र पीपल रूखको पूजा गर्दा, शनिदेवले कम कष्ट दिन्छन्।
  • शनिदेवको समक्ष बत्ती बाल्नु पर्छ।

शनिको साढे सातीको उपाय 

  • शनिलाई प्रसन्न पार्न हरेक शनिबार शनिदेवको पूजा गर्नुहोस् र मन्दिरमा गएर तोरीको तेल र कालो तिल अर्पण गर्नुहोस्।
  •  यस बाहेक, प्रत्येक शनिवार पिपलको रूखमा पानी अर्पण गर्नाले पनि शनिबारको क्रोध कम हुन्छ।
  •  हनुमान चालीसाको पाठ गरेर र शनिको मन्त्र जप गर्दा शनिको प्रभाव कम हुन्छ।
  • कालो गाईलाई रोटी खुवायो भने शनिदेव  खुसी हुन्छन्।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१६:४०

तपाईंका यस्ता ६ बानीको कारण देखा पर्न सक्छ जीवनमा अनेक समस्या !