भोलि असोज २१ गते बुधबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। वित्तीय मामिलामा भविष्यको लागि राम्रो योजना गर्न सक्षम रहनुहुनेछ। आयमा वृद्धि हुनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्य राम्रो रहनाले दिन खुशी र आनन्दमय रहनेछ। आफन्त वा साथीहरूबाट उपहार पाउनुहुनेछ। रमणीय यात्रा र स्वादिष्ट खानाको अवसर मिल्नाले तपाईंको दिन रमाईलो रहनेछ। आर्थिक लाभको सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन शान्त र विचारशील व्यवहारले तपाईंलाई धेरै खराबीहरूबाट बचाउनेछ। वाणी तथा क्रोधमा संयम राख्नुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। परिवारमा कष्टको वातावरण हुनेछ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आकस्मिक धन लाभ मिल्नेछ। आयमा वृद्धि हुनेछ। व्यपार व्यवसाय क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। सन्तान तथा पत्नीबाट लाभ मिल्ने सम्भावना छ। स्त्री सुख प्राप्त हुने देखिन्छ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। रमणीय यात्राको यिग बन्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कार्य सफलतामा विलम्व हुनसक्छ। कार्यालय वा घरमा जिम्मेवारीहरूको बोझ बढ्नेछ। जीवनमा अधिक गम्भीरता अनुभव गर्नु हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। बुबासँग मतभेद खडा हुनेछ। शुभ अवसरको लागि समय राम्रो छैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक थकान तथा मानसिक तनाबको अनुभव हुनेछ। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुसँग बहस हुनसक्छ। राजनीतिक कठिनाइहरूको सामना गर्नुपर्नेछ। धार्मिक गतिविधि वा धार्मिक यात्रामा धन खर्च हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। कटु वचन वा नराम्रो व्यवहारको कारण विवाद हुनसक्छ, सजग रहनुहोला। आकस्मिक धन लाभ मिल्ने सम्भावना छ। खानपानमा विशेष ध्यान राख्नुहोला। यस दिन पानी र स्त्री वर्गबाट हानि हुने सम्भावना देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

रोजगार तथा व्यापार व्यवसाय क्षेत्रमा लाभ मिल्नेछ। आफन्त तथा साथी-भाईबाट लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। सामाजिक कार्यमा तपाईंको संलग्न बढ्नेछ। आयका स्रोत बढ्नेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक तथा व्यापारिक आयोजन सञ्चालनको लागि दिन शुभ रहनेछ। हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछन्। मनमा परोपकारी भावना उत्पन्न हुनेछ। रोजगार तथा व्यवसायमा उन्नति, मान-सम्मान प्राप्त हुनेछ। पारिवारिक जीवन आनन्दमय रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको यस दिन फलदायी हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। उच्च अधिकारीहरू वा प्रतिस्पर्धीहरूसँग बहस गर्नु फाइदाजनक छैन। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नकारात्मक सोचको कारण मनमा निराशा उत्पन्न हुनेछ। क्रोधमा संयम राख्नुहोला। खर्चमा वृद्धि हुनेछ। परिवारमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। दुर्घटनाको योग रहेको हुँदा सवारी साधन प्रयोग गर्दा सावधान रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। दाम्पत्य जीवनमा निकटता बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। उत्तम वैवाहिक आनन्द प्राप्त हुनेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१६:४९

भोलि असोज २२ गते बिहिबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!