जब टेबुलमा ५० किलो की युवती राखेर आफ्नो दाँतले टेबुल उठाए, बन्यो यस्तो किर्तिमान !

के कुनै व्यक्तिको दाँत र बंगारा यति बलियो हुन्छ कि उसले आफ्नो दाँतले ठूलो टेबुल उठाउन सक्छ? यो मात्र होईन, एउटी केटी टेबुलमा राखेर दाँतले टेबल उठाएर हिडेर देखायो भन्ने कुरा सुन्नु भयो भने तपाईं पनि पक्कै छक्क पर्नु हुन्छ। यो कुरा बिल्कुल सहि हो। स्पेनको म्याड्रिडमा फेब्रुअरी २००८ मा बनेको यो विश्व कीर्तिमान आफैमा एकदमै अनौंठो छ।

 

जर्जस क्रिस्टन नाम गरेको एक जना मानिसले १२ किलोग्राम वजनको टेबुलमा ५० किलो युवतीलाई राखेर आफ्नो दाँतले टेबुल उठायो। क्रिस्टन एक यूरोपीय देश लक्जमबर्गको राजधानी लक्जमबर्ग शहर बस्ने युवक हुन्।

जर्जस क्रिस्टनले यस टेबुललाई केवल दाँतले उठाएका मात्र हैनन् तर ११.८० मिटर अर्थात् ३८ फिट ८ इन्च टाढा हिडे पनि। स्पेनमा आयोजित यस कार्यक्रमलाई ‘लो शो देइ रेकर्ड’ भनियो, जुन गिनीज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड गरियो। उनले दाँतको मद्दतले कुल ६२ केजी तौल उठाए।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१६:५०

“कोरोना महामारीमा खालि नबस्नुस, सन्तान जन्माउनुस्”