हाम्रो दैनिक जीवनमा प्रयोग हुने धेरै घरेलु चीजहरू स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छन्, जस्तै लसुन, मह आदि। लसुनका फाइदाहरूको बारेमा त हामी सबैलाई थाहा नै होला। आयुर्वेदमा लसुनलाई एक प्रभावकारी औषधीको रूपमा मानिन्छ, किनकि यो धेरै रोगहरूको उपचारमा फाइदाजनक हुन्छ। त्यस्तै, महलाई त एक सम्पूर्ण आहार नै मानिन्छ। हाम्रो शरीरले यसको सेवनबाट सबै आवश्यक पोषकहरू प्राप्त गर्दछ। यदि यी दुई चीजहरूलाई मिलाएर सँगै सेवन गरियो भने पनि धेरै फाइदाजनक हुन्छ। यसको फाइदाको बारेमा जानौं…
लसुनलाई हृदयको स्वास्थ्यको लागि राम्रो मानिन्छ। यसले रक्त परिसंचरण सुधार गर्न, कोलेस्ट्रोल कम गर्न र हृदय रोग रोक्न मद्दत गर्दछ। यो हृदयघातको जोखिम कम गर्नमा पनि उपयोगी छ।
लसुनको सेवन उच्च रक्तचाप हुनेको लागि पनि फाइदाजनक छ। अध्ययनका अनुसार लसुनले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ। उच्च रक्तचापबाट पीडित व्यक्तिहरूले दैनिक खाली पेटमा लसुनको केही पाटी खानुपर्दछ। यसलाई दुधमा हालेर वा यो खाइसकेपछि दुधको सेवन गर्नुहोस्।
त्यस्तै, महमा एन्जाइम, प्रोटीन, खनिज र एमिनो एसिड भरपूर मात्रामा समावेश हुन्छ जसले व्यक्तिमा उर्जाको स्तर बढाउन मद्दत गर्दछ। पाचन प्रणालीको लागि महको सेवन धेरै लाभदायक हुन्छ।