“नेइमारले कमाईको धाक लगाए, तेरो एक वर्षको जति एक दिनमै कमाउँछु भन्दै हेपे”

एल्भारो गोन्जालेजले नेइमार आफ्नो “सम्मान” पाउन योग्य नरहेको कुरा बताएका छन्। उनले यो पनि भने कि सिजनको सुरुवातमा एक अर्कासँगको भिडन्तमा नेइमारले आफूले १ वर्षमा कमाउने उनले १ दिनमा कमाउछु भनेका थिए।

पीएसजी सेप्टेम्बर १३ मा लिग १ मा मार्सेलसँग १-० ले पराजित भएको थियो। फ्लोरियन थाओभिनले निर्णायक गोल गरेको खेलमा ५ खेलाडीहरूले रातो कार्ड पाएका थिए। खेलको इन्जुरी समयमा दुबै टोलीका खेलाडी एक-आपसमा झगडामा सामेल भएका थिए। पिएसजीका लेभिन कुर्जावा, लिआन्ड्रो परदेस र नेइमार सबैले रातो कार्ड पाएका थिए भने मार्सेलका जोर्डन अमावी र डारियो बेनेडेटोले रातो कार्ड पाए।

 

 

खेलपछि नेइमारले स्पेनीका डिफेन्डरलाई सोशल मिडियामा “मंकी सन अफ बिच” भनिएको आरोप लगाउँदै लेखे: “मेरो मात्र पश्चाताप छ कि मैले उसको अनुहारमा हिर्काइन।”

 

नेइमारलाई खेलको क्रममा हिरोकी सकाईप्रति भेदभाव गरेको आरोप लगाइएको थियो तर उनी र गोन्जालेज दुबै फ्रान्सेली फुटबल महासंघको सजायबाट उम्कन सफल भए।

गोन्जालेजलेका अनुसार त्यस दिन नेमारको सम्पूर्ण खेल दुर्भाग्यपूर्ण थियो, पूरा समय भनाभन मात्र भयो। उनले आफ्नो कमाईको कुरा पनि गरे।

 

मार्सेलका सेन्टर-ब्याकले ओन्डा सिरोलाई भने: “नेइमारले मलाई भने कि मैले एक वर्षमा जे कमाउँछु उसले एक दिनमा कमाउँछ र यो सत्य हो। मैले उनलाई मेरो तलबबाट धेरै खुसी छु भनें।”

 

गोन्जालेजले नेइमारले लगाएको दुर्व्यवहारको आरोप शब्दमा इन्कार गर्दै आएका छन्, तर यो घटनाले उनको पेशागत र व्यक्तिगत दुबैमा हानिकारक प्रभाव पारेको कुरा उनी बताउँछन्।

“मैले कुनै जातीय अपमान गरेको छैन, म मेरो फुटबल क्यारियर र आफैंलाई अपमानित हुन दिने छैन,” उनले भने। “मेरो लागि नेइमार सम्मानको लायक पनि छैनन्।” गोन्जालेजले बताए।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१९:१२

यी हुन् हरेक महादेशका उत्कृष्ट खेलाडी !