अभिनेत्री काजलको लागि परिवारले खोजे यस्ता युवक, छिट्टै विवाह गर्दै!

सिंघम फेम एक्ट्रेस काजल अग्रवाल छिट्टै विवाह बन्धनमा बाधिदै छिन्। काजलको फ्यानहरुको लागि यो खबर सरप्राइजको साथै खुसिको कुरा हो। रिपोर्टअनुसार काजलको परिवारले उनको लागि युवक खोजिरहेका थिए र अन्तत उनको लागि एक युवक मिलिसकेको  छ।

टाइम्स फ इन्डियाको रिपोर्टको अनुसार काजल अग्रवाल बिजनेसम्यान गौतम किचलुसंग विवाह गर्दैछिन्। काजललाई गौतमको प्यारेन्ट्ससंग मन्दिरमा दर्शन गर्दै देखिएको थियो। काजलले पनि सामाजिक संजाल इन्स्टाग्राममार्फत  आफु गौतम किचलुसंग ३० अगस्टमा विवाह बन्धनमा बाधिन लागेको बताएकी छिन्।

खबरअनुसार काजलका आमा-बाबु उनको विवाह भएको हेर्न चाहन्थे। उनीहरु धेरै समय देखि काजलको लागि राम्रो युवक  खोजिरहेका थिए। र अहिले युवक मिलिसकेको हुनाले उनीहरु शुभ काममा ढिलो गर्न चाहदैनन्।  काजल पछिल्लो १६ वर्षदेखि फिल्म इन्डस्ट्रीमा छिन्। उनले फिल्म  ‘क्यों हो गया ना’ बाट एक्ट‍िंगमा डेब्यू गरेकी थिइन्। यसपछि उनले साउथ इंडस्ट्रीमा अभिनय गर्न थालिन। उनि साउथको पपुलर अभिनेत्री समेत हुन।

उनले हिन्दि फिल्ममा पनि राम्रो पहिचान बनाएकी छिन्। काजल अग्रवाललाई फिल्म सिंघममा अजय देवगनको साथ देखिएको थियो। यस फिल्ममा उनको अभिनयले दर्शकको दिल जितेको थियो। सिंघम बाहेक काजलले  ‘स्पेशल 26’,  ‘दो लफ्जों की कहानी’ जस्ता हिन्दि फिल्ममा काम गरेकी छिन्। उनको आगामी फिल्ममा तेलेगु र तमिल फिल्मको साथै बलिउड मुभी ‘मुम्बई सागा’ पनि सामिल छ। यो एक मल्टी स्टारर फिल्म हो।

प्रकाशित : मङ्गलबार, असोज २०, २०७७१८:५५

यी अभिनेत्रीले २ महिना पहिले नै गरेकी थिइन गोप्य विवाह, गरिन यस्तो खुलासा!