अहिलेको समयमा हरेक व्यक्ति फिट रहन चाहन्छन्। नियमित रूपमा वजन बढ्नाले शरीरमा थुप्रै किसिमको बिरामी उत्पन्न हुन लाग्छ। जस्तै मुटु रोग, कोलेस्ट्रल बढ्नु र हाई ब्लड सुगर हुनु हो । सधै एक्टिभ रहनको लागि हरेक मान्छे वजन कम गर्न चाहन्छन्। तर वजन बढाउन भन्दा घटाउन निकै गार्हो हुन्छ। तर केहि घरेलु उपाय अपनाएर भने वजन घटाउन सकिन्छ।
वजन कम गर्न:
धेरैपटक मानिसले घन्टौ मिहिनेत गरेर आफ्नो वजन कम गर्छन्। तर थुप्रै पटक मान्छे यति मिहिनेत गर्दा पनि पछि हट्छन्। तर तपाईले आफ्नो डाइटमा सधैँ सखर र चना समावेश गर्नाले तपाईको मेटाबोलिक रेट बढ्छ। जसकारण तपाईको वजन कम हुन्छ।
जान्नुहोस् फाईदा:
हरेक दिन सखर र चना खानाले शरीरमा प्रोटीनको मात्रा बढ्छ। यी दुवैको सेवन गर्नाले शरीरमा भिटामिन बी-६ मिल्छ। यसले मष्तिष्कको कार्यशैलीलाई बलियो बनाउँछ, जसले हाम्रो याद गहिरो हुन्छ। सखर र चनामा पोटाशियम र फस्फोरस मिल्छ जुनले मुटु र दातलाई बलियो राख्छ । सधैँ सखर-चना खानाले छाला चम्केर राम्रो हुन्छ । यस बाहेक सनबर्न पनि हुदैन। यो खानाले तपाईको कपाल झर्ने समस्या रोकिन्छ।