गर्भवती महिलाले जसरी पनि खानुहोस यी चिज, बच्चा हुनेछ हेल्दी र स्मार्ट!

अन्डा प्रोटीनको निकै राम्रो सोर्स हो र यसका साथसाथै यसमा  पर्याप्त मात्रामा दोस्रो पोषक तत्व पनि पाईन्छ। अन्डामा  सेलेनियम, जिंक, विटामिन ए, डी र केहि मात्रामा बि कम्प्लेक्स पनि रहेको छ, जसकारण अन्डालाई सुपरफूड भनिन्छ।

यदि तपाई प्रेग्नेंट हुनुहुन्छ र आफ्नो बच्चाको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ भने धेरै सोच्नु पर्दैन, किनकी हालै एक शोध अनुसार अन्डाले हाम्रो शरीरलाई आवश्यक पर्ने  सबैभन्दा राम्रो फुड र यसलाई गर्भवती महिलाले  आफ्नो  डाइटमा  शामिल गर्यो भने बच्चा सुन्दर र स्मार्ट हुन्छ। यूरोपियन फूड सेफ्टी अथोरिटीको  अनुसार कोलीन एक यस्तो पोषक तत्व हो जुनले  हाम्रो  शरीरलाई  हेल्दी राख्न मदत्त गर्छ। यदि  गर्भवती महिलाले  यसलाई आफ्नो डाइटमा समावेश गर्यो भने बच्चाको दिमाख , स्पाइनल कड र सिक्ने  क्षमतामा  प्रभाव पर्छ। प्रेग्नेंसीको क्रममा दोस्रो महिनादेखि यदि  कोलीनको  सेवन सुरु गरियो भने बच्चाको याद गर्ने र सिक्ने क्षमता बढ्छ।

१. प्रोटीन

अन्डामा पर्याप्त मात्रामा  प्रोटीन पाईन्छ जुन गर्भावस्थाको क्रममा लिन निकै आवश्यक हुन्छ। गर्भमा रहेको बच्चा हरेक खालको  प्रोटीनबाट बनेको हुन्छ। यस्तैमा  गर्भवती महिला यदि अन्डा खान्छिन, भने भ्रूणको  विकास छिट्टै हुन्छ।

२.  मस्तिष्क विकासको लागी

अन्डामा १२ भिटामिनको प्याकेज हुन्छ र साथै थुप्रै खालको नुन पनि हुन्छ। यसमा रहेको कोलिन र ओमेगा-३ फ्याटी एसिडले बच्चाको सम्पूर्ण विकासलाई बढाऊछ। यसको सेवनबाट बच्चा मानसिक बिरामीको खतराबाट कम हुन्छ।

३. कोलेस्ट्रलको स्रोत

यदि  गर्भवती महिलाको  ब्लड कोलेस्ट्रल  स्तर सामान्य छ भने उसले दिनमा एक वा दुई अन्डा खान सक्छिन्। अण्डामा  केहि मात्रामा मात्रै फ्याट हुन्छ। यदी महिलाको कोलेस्ट्रोल लेवल धेरै छ भने उनले अन्डाको पहेलो भाग खान हुदैन।

४. क्यालोरीको माध्यम

एक गर्भवती महिलाई एक दिनमा २०० देखि ३०० सम्म एडिशनल क्यालोरी लिनुपर्छ। यसले उसलाई र बच्चा दुवैलाई पोषण मिल्छ। अन्डामा करिब ७० क्यालोरी हुन्छ, जसले आमा र दुवैलाई इनर्जी दिन्छ।

प्रकाशित : बुधबार, असोज २१, २०७७१३:०२

हरेक दिन खानुहोस सखर-चना, घट्छ तपाइको तौल, हुनेछ यस्ता फाइदा!