“भारत र अमेरिकाले जाति/भाषाको पहिचानका आधार प्रदेशको नाम राख्न हुने, नेपालले नहुने?”

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुको नाम विविध जाति/भाषाको पहिचानका आधारमा नराखिएको प्रति आपत्ति जनाएका छन्।

प्रदेश नं ५ को नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभाले पारित गरेसँगै भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै अपात्ति जनाएका हुन्।

जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गरेका छन्।

“प्रदेशका नाम नदी,भूगोलको पहिचानमा मात्र राख्नपर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने?”,उनले प्रश्न गरेका छन्,”यो कहाँको मार्क्सवाद,लोकतन्त्र,संघीयता हो?”

त्यसक्रममा भट्टराईले अन्य देशको उदाहरण पनि दिएका छन्। अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा पनि देश नटुक्रिएको बताएका छन्।

“अमेरिकामा अलाक्सा, अरिजोना, उताह आदि; भारतमा तामिलनाडु,बंगाल,पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?”,भट्टराईको प्रश्न छ।

साथै भट्टराईले वर्तमान केपी शर्मा ओली महेन्द्रपथका अवतार भएको र उनकै आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको आरोप लगाएका छन्।

“हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘म-रेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले।।!”भट्टराईले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : बुधबार, असोज २१, २०७७०९:११

पटकपटक बत्ती जाँदा विद्यार्थी हैरान !