“निजी विद्यालयहरुले शिक्षकहरुलाई दिएनन् तलब, खल्लो हुने भयो शिक्षकहरुको दशैँ”

काठमाडौं – सात महिनादेखि तलब नपाएर जीवन चलाउन मुस्किल परेका निजी विद्यालयका शिक्षकले विद्यालय सञ्चालकलाई यो वर्षको दशैं खल्लो नबनाइदिन आग्रह गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

चैतदेखि बन्द विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा पनि तलब नदिएको आरोप शिक्षकको रहेको छ । अभिभावकले शुल्क नदिएका कारण विद्यालय सञ्चालन गर्ने मुस्किल परेको विद्यालय सञ्चालकले जिकिर गरिरहेका छन् ।

जे होस, जसरी भए पनि मुखैमा आएको दशैं खल्लो नहुने गरी तलबको व्यवस्था गर्नैपर्ने निजी विद्यालयका शिक्षकको अडान छ । निजी विद्यालय शिक्षक युनियन (इस्टु)का अध्यक्ष होमकुमार थापाले दशैंमा शिक्षक र कर्मचारीलाई दुःखी नबनाइदिन याचना गर्नुभएको छ ।

‘हामीले केही भनेका छैनौं, विषयम परिस्थितिमा उग्र आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन विद्यालयले तलबको व्यवस्था गर्नैपर्छ’, उहाँले भन्नुभयो– ‘कैयौं शिक्षकले दैनिकी चलाउन मुस्किल परेको छ, कतिपय विद्यालयले अनाहकमा शिक्षक र कर्मचारी निष्काशन गरेपछि ती शिक्षक र कर्मचारीले घरेलु काम गर्ने बाध्य छन् । छोराछोरीलाई पढाउनसमेत समस्या छ ।’

दशैंको मुखमा पनि तलब नदिए करिब २ लाख शिक्षक कर्मचारीको मात्र होइन, उनीहरूको परिवारको समेत बिचल्ली हुने थापाले बताउनुभयो ।

अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयले अभिभावकसँग मासिक शुल्क असुल गरिरहेको तर्क राख्दै उहाँले भन्नुभयो– ‘कम शुल्क उठेको होला तर हामीलाई सात महिनादेखि तलब दिइएको छैन ।’ कतिपय विद्यालयले ५० प्रतिशत कटौती गरी नगन्य शिक्षकलाई मात्र तलब दिने गरेको इस्टुको भनाइ छ ।

‘हालसम्म करिब सय जना शिक्षक निष्काशित भइसकेका छन् । कर्मचारीको त कुरै छाडौं, सयौंको संख्यामा छन् । भएका शिक्षकले खाली हात पढाइरहेका छन्।’ –उहाँको भनाइ थियो ।

प्रकाशित : बुधबार, असोज २१, २०७७१०:१४

अब धमाधम परीक्षा सञ्चालन हुने: १२ को टुङ्गो एक साताभित्र लाग्ने !