यी नेपाली, जसले अमेरिकामा दिउँसै बैंक लुटे !

काठमाडौँ – अमेरिकामा बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। नर्थ फ्रेडरिक एभेन्युमा रहेको वेल्स फर्गो बैंकको ६०७ शाखा च-क्कु सहित पुगी लुटेको आरोपमा एक नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सम्राट लामा रहेका छन्। स्थानीय संचार माध्यमहरुका अनुसार लामालाई मोन्टगोमेरी काउन्टी पुलिस विभागले पक्राउ गरेको हो। बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लुटिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

लामा मंगलबार बिहान बचत खाता खोल्न भन्दै बैंकमा पुगेका थिए। त्यसक्रममा उनले एक कर्मचारीसँग बचत खाता खोल्ने बारे कुराकानी गर्दा-गर्दै पछाडि बोकिरहेको झोलाबाट एउटा च-क्कु निकालेर धम्क्याउँदै पैसा मागेका थिए। बैंकका कर्मचारीहरुले पैसा प्लाष्टिकको झोलामा राखिदिएपछि उनी बैंकबाट भागेका थिए।

बैंक लुटेर भागे पनि लामा भाग्न भने सफल हुन सकेनन्। भाग्दै गर्दा उनलाई प्रहरी अधिकारीहरुले पक्राउ गरका थिए। पक्राउ परेका लामालाई न्ट्रल प्रोसेसिङ युनिटमा पठाइएको छ।

प्रकाशित : बिहिबार, असोज २२, २०७७११:४३

अन्ततः ट्युमरले आधा अनुहार ढाकिएका अशोक श्रेष्ठले पाए नयाँ जीवन !