बिहिबारको दिन गर्नुहोस् यस्ता ७ उपाय, पूरा हुनेछ सबै मनोकामना !

ज्योतिषशास्त्रमा बिहीबार बृहस्पतिको दिन मानिन्छ र धार्मिक मान्यता अनुसार बृहस्पति सबै देवताहरूको गुरु हो। देव गुरु बृहस्पतिले सबै प्रकारका समस्याहरूबाट मुक्त दिलाउँछन्। कुण्डलीमा बृहस्पति ग्रहको दोषका कारण वैवाहिक जीवनमा समस्याहरू उत्पन्न हुन्छन्। यस्तो समयमा भाग्यले पनि साथ दिँदैन। यदि तपाईंको वैवाहिक जीवनमा समस्याहरु छन् भने बिहीबारको दिन ज्योतिषमा उल्लेखित विशेष उपायहरु अपनाउनु पर्छ। यसो गर्नाले भाग्यवृद्धि मिल्छ साथै सन्तान सम्बन्धि समस्या पनि दूर हुन्छ। बिहीबार के कस्ता उपायहरू गर्नुपर्छ जान्नुहोस् ..

पहेंलो रंगको प्रयोग 

 

बिहीबारको पूजामा पहेलो फूल, चनाको दाल, पहेंलो कपडा र पहेंलो चन्दन प्रयोग गर्नुपर्दछ। पहेंलो वस्त्र र पहेंलो पुष्प धारण गर्नुपर्छ।

चनाको दाल

बिहिबारको दिन खानामा चना दाल प्रयोग गर्नुपर्दछ र नुन खानु हुँदैन। यदि सम्भव छ भने यस दिन एक पटक मात्र भोजन गर्नुहोस्।

बृहस्पति व्रत कथा 

बिहीबार पूजा पछि बृहस्पति देवको व्रत कथा सुन्नु पर्छ। यसो गर्नाले बृहस्पति प्रशन्न हुन्छन् र सबै मनोकामना पूरा गर्छन्।

महिलाको लागि अत्यन्त महत्वपूर्ण 

कुनै पनि व्यक्ति बिहिबार उपवास गर्न सक्दछ, तर ज्योतिष अनुसार यो उपवास विशेष गरी महिलाहरुले लिनु पर्छ।

दान 

बिहीबार मन्दिरमा चनाको दाल र कसर दान गर्नु पर्छ। यो उपायले तपाईंको कुण्डलीमा बृहस्पति ग्रहलाई सुदृढ पार्दछ।

चन्दनको तिलक 

यस दिन निधारमा चन्दनको तिलक लगाउनु पर्छ। यसो गर्नाले तपाईंको ज्ञान बढ् र कुण्डलीको गुरु दोष मेटिन्छ। वैवाहिक जीवनमा सुख शान्ति रहन्छ।

केरा खानु हुँदैन 

यस दिनमा केराको रूखको पूजा गरिन्छ, त्यसैले यस दिन केरा खान निषेध छ। धार्मिक मान्यता अनुसार केराको रूखमा भगवान विष्णुको बास हुन्छ र बिहीबारको दिन विष्णुलाई समर्पित दिन हो।

प्रकाशित : बिहिबार, असोज २२, २०७७१८:४३

बुधको चाल परिवर्तन, यी राशिको लागि अत्यन्त शुभ !