काठमाडौँ – अनुहार लगायत शरिरको विभिन्न भागमा फैलिएको ट्युमरबाट पिडित अशोक श्रेष्ठले नयाँ जीवन पाएका छन्। उपचारको लागि अमेरिका पुगेका उनको शरीरबाट शल्यक्रिया मार्फत ट्युमर हटाइएसँगै उनले नयाँ जीवन पाएका हुन्।
काठमाडौंका ६० वर्षका अशोक श्रेष्ठको अमेरिकाको शिकागोमा शल्यक्रिया गराइएको र उनले अनुहारमा पलाएको विशाल ट्युमरबाट छुटकारा पाएको डेलिमेलले जनाएको छ।
शल्यक्रिया अगाडी अनुहार ट्युमरले अनुहार ढाकेका कारण उनले विभिन्न समस्याहरु खेप्नु परेको थियो। बाटोमा हिड्दा उनलाई धेरैले घुरेर हेर्ने गर्थे भने उनको अनुमतिबिना फोटो खिच्ने समेत गर्थे। त्यति मात्र नभई उनलाई केहिले पूर्वजन्ममा राक्षस समेत भन्ने गरेका थिए। ट्युमरले आधा अनुहार ढाकिएका कारणनै अपहेलना सहन बाध्य भएका उनले अब भने सम्पूर्ण समस्या देखि उन्मुक्ति पाउने भएका छन्।
बताइएअनुसार, श्रेष्ठको अनुहारमा २ वर्षको हुँदादेखि नै उनको अनुहारमा ट्युमर पलाउन थालेको थियो। जुन ३० वर्षको हुँदासम्म ट्युमर ६ इन्चसम्म लामो भइसकेको थियो। त्यससमयमा ट्युमरले उनको आधा अनुहार ढाकेर दाहिने आँखा समेत गुमेको थियो। सन् १९८९ मा उनी उपचारको लागि भारत पनि गए पनि उनकोए शल्यक्रिया हुन सकेको थिएन।
तर, अहिले आएर भने उनलाई डा. म्याके म्याक्किन्नले नयाँ जीवन दिएका छन्। चर्चित प्लास्टिक सर्जन र ट्युमर हटाउने विशेषज्ञ समेत रहेका म्याक्किन्नकै सक्रियतामा अशोक श्रेष्ठको शल्यक्रिया भएको बताइएको छ।
श्रेष्ठको सन् २०१८ मा अशोकको पहिलो शल्यक्रिया भएको थियो। त्यसपछि मात्रै उनको थप ५ शल्यक्रिया भएको छ भने उनले अनुहारको ९० प्रतिशत ट्युमरबाट छुटकारा पाएका छन्।