उपत्यकाका ३ जिल्लामा मात्र २५४० संक्रमित, अन्य जिल्लामा कति ? हेर्नुहोस् [विवरण सहित]

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा  आजसम्म ९८ हजार ६ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।

यस दिन १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा २५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बिहिबार थप २५४० जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा २०८५ जना, ललितपुर जिल्लामा ३२० जना र भक्तपुर जिल्लामा १३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य जिल्लामा कति ? हेर्नुहोस् विवरण –

प्रकाशित : बिहिबार, असोज २२, २०७७१६:३७

विश्वका कुन शहरमा कहिले दशैँटीका ? हेर्नुहोस विभिन्न देशका विजयादशमीको टीकाको साइत !